कोप–३० मा नेपालको सहभागिता प्रभावकारी र उपलब्धीपूर्ण : मन्त्री परियार

Author

सजिलो पत्रिका

२०८२ मंसिर १४, आइतबार

12
Share
Featured
  • कृषि तथा पशुपंछी विकासमन्त्री मदन कुमार परियारले कोप ३० मा नेपालको सहभागिता सकारात्मक र प्रभावकारी रहेको बताएका छन्।
  • सरकारले सरकार प्रमुख जान नसकेको भएपनि एक मन्त्रीसहित १५ जनाको टोली पठाएर आवश्यक उपस्थिति सुनिश्चित गरिएको थियो।
  • अर्थसचिव डा.घनश्याम उपाध्यायले जलवायु वित्तको पहुँच चुनौतीपूर्ण भएको र अन्तर्राष्ट्रिय प्रतिवद्धता अनुसार पर्याप्त फन्ड उपलब्ध नभएको बताएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

कृषि तथा पशुपंछी विकासमन्त्री मदन कुमार परियारले यस पटकको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप ३०)मा नेपालको सहभागिता प्रभावकारी रहेको बताएका छन् । 

आइतबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उनले विभिन्न कठिनाई र कमीकमजोरीहरुको बावजुदपनि यसपटकको कोप प्रभावकारी रहेको बताएका हुन् । 

उनले कोप ३० को बारेमा समितिलाई जानकारी गराउँदै भने, ‘कोप हरेक बर्ष हुन्छ । यो बर्षपनि नेपालको उपस्थिति हुनुपर्छ भन्ने कुरा सबैले स्वीकार गरेर सरकारले सानो साइजमा सरकार प्रमुख जान नसकेपनि एकजना मन्त्रीसहित १५ जना गयौं । विभिन्न कठिनाइहरु, कमीकमजोरीहरुको बावजुदपनि यसपटकको कोप प्रभावकारी रह्यो भन्ने मलाई लाग्छ ।’ 

उनले कोपमा अहिलेको स्थितिमा सरकार प्रमुखको सहभागिता हुन गाह्रो भएपनि सरकारको तर्फबाट भएको उपस्थिति अत्यन्तै जरुरी रहेको पनि बताए । 

यसैगरी मन्त्री परियारले एलडीसीहरूको मन्त्रीस्तरीय बैठकमा पनि सहभागी भएको र जलवायु परिवर्तनसम्बन्धी एलडीसी समूहको अध्यक्षता हस्तान्तरण गरिएको जानकारी दिए । 

यसैगरी बैठकमा अर्थसचिव डा.घनश्याम उपाध्यायले जलवायु वित्तको उपलब्धता अन्तर्राष्ट्रियरुपमा प्रतिवद्धता गरे अनुरुप फन्ट नै धेरै सानो भएको बताए । 

‘अर्थ मन्त्रालयले महशुस गरेको चुनौति भनेको जलवायु वित्तको उपलब्धता जुन अन्तर्राष्ट्रियरुपमा प्रतिवद्धता गरेको धेरै छन् । तर ति प्रतिवद्धता अनुसार अन्तर्राष्ट्रिय फन्ट नै धेरै सानो छ । एक्सेसमा पनि हाम्रो झन्झटिलो प्रक्रियाले काम गर्न असर गरेको छ,’ उनले भने । 

यो समाचारमा

नेपालकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    झापामा स्कार्पियो र सिटी सफारी ठोक्किँदा एक महिलाको मृत्यु, फरार चालक पक्राउ

    काठमाडौं । झापाको मेचीनगर नगरपालिका–१५ कालिका भित्री सडकखण्डमा सोमबार बिहान स्कार्पियो र सिटी सफारी एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगर–१५ की करिब ४० वर्षीया आरती उराउ रहेकी छन्।काकडभिट्टाबाट भद्रपुरतर्फ जाँदै गरेको प्रदेश १–०१–००२ ह ७८०५ नम्बरको सिटी सफारी र विपरीत दिशाबाट आउँदै गरेको डिभिजन वन कार्यालय

    Data is loading...

    Loading brands...

    Loading footer...