जेनेस सलुशन र सीबीएफआइएन बिच बैंकिङ क्षेत्रमा बढ्दो साइबर सुरक्षा जोखिम कम गर्न सहकार्य

Author

सजिलो पत्रिका

२०८२ मंसिर १४, आइतबार १४:२४

9
Share
Featured
  • नेपालमा तीव्र डिजिटलाइजेशनसँगै वित्तीय क्षेत्र साइबर सुरक्षाको बढ्दो जोखिममा रहेको भन्दै सीबीएफआइएन र जेनेस सलुशनले बैंक–वित्तीय संस्थाका CEO/CTO सँग अन्तरक्रिया गरे।
  • डिजिटल कारोबार तीव्र गतिमा बढिरहे पनि करिब ७०% वित्तीय संस्थाले नियमित सुरक्षा अडिट नगरेको, एकीकृत सुरक्षा मापदण्डको अभाव तथा साइबर आक्रमणको जोखिम बढिरहेको तथ्याङ्क प्रस्तुत गरियो।
  • जेनेस सलुशनले तीन चरणमा क्षेत्रव्यापी सुरक्षा सुधार योजना (निःशुल्क मूल्यांकन, बन्द सत्रमार्फत रोडम्याप, पाइलट प्रोग्राम) प्रस्ताव गरेको र सीबीएफआइएनले यसबारे निर्णय गर्ने जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपालमा द्रुतगतिमा डिजिटलाइज हुँदै गएको वित्तीय क्षेत्रले सामना गरिरहेको बढ्दो साइबर सुरक्षा चुनौतिबारे छलफल गर्न बेलायतमा मुख्यालय भएको सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी परामर्शदाता संस्था, जेनेस सलुशनले बैंक तथा वित्तीय संस्था महासङ्घ नेपाल (सीबीएफआइएन) का वरिष्ठ नेतृत्वसँग शुक्रबार एभरेस्ट होटलमा एक अन्तरक्रिया आयोजना ग-यो ।

उक्त अन्तरक्रियामा नेपालका बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख प्रविधि अधिकृतहरु सहभागी थिए । जेनेस सलुशनका  प्रमुख कार्यकारी तथा युके र आयरल्यान्डका लागि अमेजन वेब सर्भिसेज (एडब्लुएस) एम्व्यासडर अञ्जनी फुयाँलले नेपालमा डिजिटल वालेट प्रयोगकर्ताको संख्या  सन् २०२५ सम्म दुइ करोड ३५ लाख पुग्ने प्रक्षेपण गरिएको बताए । 

उनले डिजिटल कारोबार वर्षेनि ७८% ले बढिरहेको भए पनि करिब ७०% वित्तीय संस्थाले अझै नियमित सुरक्षा अडिट नगरेको जनाए । ‘हामी सबै एनसीएचएल, नेपाल पे र साझा भुक्तानी पूर्वाधारमार्फत एकआपसमा जोडिएका छौँ,’ फुयालले भने। ‘एउटा संस्थाको सुरक्षामा जोखिम भयो भने  त्यसको असर  सम्पूर्ण प्रणालीमा पर्छ ।’

फुयाँलले नेपालका वित्तीय संस्थाहरुको  साइबर सुरक्षामा केही गम्भीर कमी रहेको बताए । विभिन्न संस्थाहरुले क्लाउड प्रविधि अपनाएको स्तर फरकफरक रहेको, एकीकृत सुरक्षा मापदण्डको अभाव रहेको र साइबर हमलाबाट जोगिने तयारी सम्बन्धमा पनि ठूलो भिन्नता रहेको पनि उनले जनाए ।

फुयाँलले एउटा सुरक्षा सम्बन्धी स्तरीकृत बेस लाइन तयार गरिएमा त्यसले  कम्प्लायंस लागत घट्ने, सुरक्षासम्बन्धी जोखिम न्यून हुने र जनविश्वास मजबुत हुने बताए । 

‘सुरक्षा आधार बलियो भएपछि डिजिटल पेमेन्ट, ऋण लगानी प्लेटफर्म तथा फिनटेक सहकार्यमा नवप्रवर्तन तीव्र गतिमा अघि बढ्नेछ,’ उनले भने। ‘सीबीएफआइएनका सदस्य संस्थाहरूले  नेपालका करिब ९०% वित्तीय सेवाको प्रतिनिधित्व गर्छन् ।  यो क्षेत्रको रूपान्तरणका लागि यो  पहुँच र प्रभाव निकै महत्वपूर्ण हुन्छ ।’

आफ्नो प्रस्तुतिमा जेनेस सलुशनका प्रमुख प्रविधि अधिकृत निरञ्जन कुँवरले सन् २०२० यता विश्वभर बैंकमाथि साइबर हमला  ६०% ले बढेको  र एक पटक हुने डेटा चोरीले औसतमा ६.०८ मिलियन डलरसम्म  क्षति पु-याएको जनाए ।

‘नेपालको तीव्र रूपमा बढ्दो डिजिटल अर्थतन्त्रले देशलाई साइबर आक्रमणको लागि अझ आकर्षक निशाना बनाइरहेको छ, कुँवरले थप भने, ‘नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको  साइबर सेक्युरिटी फ्रेमवर्कले नियामक मार्गदर्शन त गरेको छ, तर संस्थाहरूले त्यसलाई व्यवहारमा रूपान्तरण गर्ने व्यावहारिक उपाय अपनाउनु पर्छ ।’

विश्वस्तरीय  कम्पनीहरुमा आइटी सुरक्षाबारे एक दशकसम्म  नेतृत्व गरिसकेका कुँवरले  यो पहल बाह्य निर्देशन थोपर्ने उद्देश्यले नभै सीबीएफआइएन तथा सदस्य संस्थाहरूले लिएका निर्णयसँग समन्वय गर्दै प्राविधिक सहयोग प्रदान गर्ने उद्देश्यले गरिएको बताए ।  

अन्तरक्रियामा जेनेस सलुशनले क्षेत्रव्यापी तयारी सुदृढ गर्न तीन चरणमा कार्यान्वयन गर्न सकिने पहलको प्रस्ताव राख्यो, जसले संस्थागत स्वायत्तता र गोपनीयता जोगाउन  सहयोग गर्नेछ ।

पहिलो चरणअन्तर्गत सहभागी संस्थाहरूलाई निःशुल्क साइबर सुरक्षा र क्लाउड तयारी मूल्यांकन उपलब्ध गराइनेछ । प्रत्येक संस्थाको नतीजा गोप्य राखिनेछ, र समग्र क्षेत्रको एग्रीगेट डेटा मात्र सीबीएफआइएन नेतृत्वलाई प्रस्तुत गरिनेछ ।

दोस्रो चरणमा सीबीएफआइएनका सदस्य संस्थाका सीइओ लगायत वरिष्ठ नेतृत्वहरुसँग ‘बन्द सत्र’ आयोजना गरिनेछ, जसले २०२५–२०२७ का लागि ’सीबीएफआइएन सेक्टर रजीलिएन्स रोडम्याप’ तयार गर्नेछ । अन्तिम चरणमा विभिन्न वर्गका १०–१२ संस्थालाई समेट्दै स्वयम्सेवी पाइलट सञ्चालन गरिनेछ, जसले आधारभूत सुरक्षा सुधारहरू परीक्षण गरी क्षेत्रव्यापी रूपमा लागू गर्न मिल्ने मोडेल विकास गर्ने उद्देश्य राखेको छ ।

प्रस्तावित संयन्त्र अनुसार सीबीएफआइएनले नै यो पहलको रणनीतिक नेतृत्व लिने छ भने  जेनेस सलुशनको भूमिका  परामर्शदाताको मात्र रहनेछ । सबै सहभागिता स्वेच्छिक हुनेछ र सदस्य संस्थाहरूलाई तत्काल कुनै लागत वा सञ्चालनमा अवरोध पर्ने छैन् ।

सीबीएफआइएनका अध्यक्ष उपेन्द्र पौड्यालले बैंक तथा वित्तीय संस्थाहरुमा साइबर सुरक्षा सम्बन्धी जोखिम बढ्दै गएको बेला यो अन्तरक्रिया निकै फलदायी रहेको बताए ।

उनले यो पहलका लागि जेनेस सलुशन टिमलाई धन्यवाद पनि दिए। अन्तरक्रियाको  अन्त्यमा केही सहभागी संस्थाहरूले साइबर सुरक्षा र क्लाउड तयारी मूल्यांकनबारे  रुचि व्यक्त गरेका थिए । सीबीएफआइएन नेतृत्वले जेनेस सलुशनको प्रस्तावको अध्ययन गरी आगामी कदमबारे निर्णय गर्ने जनाएको छ ।

यो समाचारमा

नेपाल राष्ट्र बैंककाठमाडौँनेपाल

ट्यागहरू

#नेपाल राष्ट्र बैंक#छलफल#सार्वजनिक#कार्यकारी निर्देशक#बेलायत#नेपाल#कारोबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्वविद्यालय र आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति अनिवार्य, कार्यान्वयनका लागि परिपत्र

    काठमाडौं । स्विभिन्न विश्वविद्यालय तथा त्यसअन्तर्गतका सम्पूर्ण आङ्गिक क्याम्पसहरूमा अब कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति सुनिश्चित हुने भएको छ ।विभिन्न सात विश्वविद्यालयले सूचना प्रकाशन गरेर कम्तीमा १० प्रतिशत छात्रवृत्तिका लागि प्रक्रिया अगाडि बढाइएको जनाएका छन् । त्रिभुवन विश्वविद्यालय,पूर्वाञ्चल विश्वविद्यालय, राजर्षिजनक विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, पोखरा विश्वविद्यालय र

    sajilo patrika

    आत्मदाह प्रयास गरेका २५ वर्षीय विवेक मण्डलको उपचारका क्रममा काठमाडौंमा मृत्यु

    हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको खाका तयार, परीक्षण उत्पादनका लागि बजेट निकासा

    असार मसान्तभित्र ३ हजार बचतकर्ताको ९ करोड फिर्ता गर्ने बागमती प्रदेशको तयारी

    सहरी क्षेत्रको डुबान रोक्न व्यास नगरपालिकाले फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना बनाउने

    भर्खरै

    News Image

    विश्वविद्यालय र आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति अनिवार्य, कार्यान्वयनका लागि परिपत्र

    News Image

    आत्मदाह प्रयास गरेका २५ वर्षीय विवेक मण्डलको उपचारका क्रममा काठमाडौंमा मृत्यु

    News Image

    हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको खाका तयार, परीक्षण उत्पादनका लागि बजेट निकासा

    News Image

    असार मसान्तभित्र ३ हजार बचतकर्ताको ९ करोड फिर्ता गर्ने बागमती प्रदेशको तयारी

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू