फुटसल उद्घाटनमा अध्यक्ष ढकालले भने : यो प्रतिस्पर्धा होइन मित्रता र सहकार्य हो

Author

सजिलो पत्रिका

२०८२ मंसिर १३, शनिबार

14
Share
Featured
  • मैत्रीपूर्ण फुटसल प्रतियोगिता: नेपाल उद्योग वाणिज्य महासंघ र राष्ट्रिय कलाकारहरुको टोलीबीच बालुवाटारको ढुकुपट्टी फुटसल मैदानमा खेल सम्पन्न भयो।
  • खेल परिणाम: महासंघको टोलीले कलाकार टोलीलाई ७–४ गोलअन्तरले पराजित गर्यो।
  • उद्देश्य र सहभागिता: खेलले उद्योगी व्यवसायी र कलाकारबीच मित्रता, सद्भाव र सहकार्यको अवसर प्रदान गर्‍यो; कार्यक्रममा वरिष्ठ कलाकार र महासंघका पदाधिकारी सहभागी थिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघको खेलकुद तथा मनोरन्जन फोरमको संयोजनमा महासंघ र राष्ट्रिय कलाकारहरु बीचको मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।  

बालुवाटारस्थित ढुकु फुटसल मैदानमा आयोजना गरिएको सो खेल महासंघको टोलीले कलाकारको टोलीलाई चार गोलका विरुद्ध सात गोल गरेको थियो । 

खेलको उद्घाटन महासंघका अध्यक्ष चन्द्र ढकालले रिबन काटेर गरेलगतै महासंघ कार्यसमिति पधाधिकारी र कलाकारबिच १० मिनेटको मैत्रीपूर्ण खेलपश्चात प्रतियोगिता शुरु भएको थियो । 

खेलको पहिलो सत्रमा महासंघले कलाकार टोलीलाई ३–० अन्तरको दबाबमा राखेपनि दोस्रो सत्रमा कलाकारका तर्फबाट ३–३ को बराबरीपछि खेल रोमान्चक बनेको थियो ।

महासंघको टोलीले थप ४ र कलाकार टोलीले थप १ गोल गरेपछि एक घण्टाको मैत्रीपूर्ण खेल ७–४ अंकमा सकिएको थियो । 

खेल उद्घाटन गर्दै महासंघ अध्यक्ष ढकालले खेल केवल प्रतिस्पर्धाका लागि मात्र नभई आपसी मित्रता र सहकार्यको राम्रो अवसर भएको बताए ।  शुरुको मैत्रीपूर्ण खेल भने ०–० मा सकिएको थियो । 

खेलमा महासंघका तर्फबाट अध्यक्ष ढकाल, उपाध्यक्षद्वय हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष भरतराज आचार्य तथा कलाकारहरुको टोलीमा शिव श्रेष्ठ, धिरेन शाक्य, रबिन्द्र खड्का, मोहन निरौलालगायतको सहभागिता थियो । 

उद्योगी व्यवसायी र कलाकार बीचको मित्रता तथा सद्भावलाई थप प्रभावकारी बनाउन मैत्रीपूर्ण प्रतियोगिता आयोजना गरिएको र नेपालमा वरिष्ठ कलाकारहरुको सहभागिताले खेल रोमाञ्चक तथा सफल भएको कार्यक्रम संयोजक महासंघका खेलकुद तथा मनोरन्जन फोरमका अध्यक्ष हरि बहादुर कार्कीले बताए ।

यो समाचारमा

काठमाडौँनेपाल उद्योग वाणिज्य महासंघ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...