चेम्बरको हीरक जयन्ती : काठमाडौंमा वाकाथन, यवसायीहरुको मनोवल उकास्ने प्रयास

Author

सजिलो पत्रिका

२०८२ मंसिर १३, शनिबार

27
Share
Featured
  • नेपाल चेम्बर अफ कमर्सको ७५ औं हीरक जयन्तीको अवसरमा काठमाडौंमा वाकाथन कार्यक्रम आयोजना भई करिब ३०० जनाको सहभागिता रह्यो।
  • वाकाथन जमलबाट सुरु भई रानीपोखरी, दरबार स्क्वायर हुँदै झोंछेमा समाप्त भयो, जसले ऐतिहासिक स्थानहरूको प्रवर्द्धनमा सहयोग पुर्‍यायो।
  • चेम्बरले ७५ वर्षगाँठभर उद्यमी–व्यवसायीको मनोबल उकास्ने तथा संस्थाको योगदान उजागर गर्ने विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल चेम्बर अफ कमर्सले हीरक जयन्तीका अवसरमा काठमाडौंमा शनिबार वाकाथन कार्यक्रम आयोजना गरेको छ ।

मुलुकको समग्र चेम्बर अभियानको ७५ औं ऐतिहासिक बर्षगाँठको अवसरमा चेम्बरले यो वर्ष विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ ।

हीरक जयन्ती मुल समारोह समितिको समन्वयमा शिक्षा तथा खेलकुद समितिद्धारा काठमाडौंको जमलस्थित चेम्बर भवनबाट शुरु भएको वाकाथन कार्यक्रम  रानीपोखरी, नेपाल उलहाउस, जनबहाल, मखन, दरबार स्क्वायर हुँदै झोंछेमा गएर समापन भएको थियो । 

हीरक जयन्ती मूल समारोह समितिका सभापति एवं चेम्बरका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठको अगुवाइमा आयोजित कार्यक्रममा चेम्बरका पदाधिकारी, कार्यसमिति सदस्यहरु, निजी क्षेत्रका प्रतिष्ठित खेलाडी लगायत करिव ३ सय जनाको सहभागिता रहेको थियो । 

चेम्बरको ऐतिहासिक हीरक जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै सभापति राजेशकाजी श्रेष्ठले निजी क्षेत्रको सवैभन्दा पुुरानो संस्था चेम्बरले स्थापनाको ७५ औं वर्षगाँठलाई भव्य रुपले सम्पन्न गर्न यो वर्ष विभिन्न कार्यक्रम आयोजना गरिएको बताए ।

वर्तमान अवस्थामा उद्यमी व्यवसायीहरुको मनोवल उकास्नका लागि पनि यस्ताखाले कार्यक्रमहरु आयोजना गरिएको बताए । 

चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले वाकाथनका क्रममा काठमाडौंका विभिन्न स्थानको परिक्रमा ऐतिहासिक महत्वका स्थलहरुको पर्वद्धन गर्न महत्वपूूर्ण भएको बताए । 

चेम्बरको शिक्षा तथा खेलकुुद समितिका सभापति रुपक राजवंशीले कार्यक्रममा सहभागीहरुलाई धन्यवाद दिए । 

साढे ७ दशकदेखि क्रियाशील निजी क्षेत्रको प्रतिनिधिमुलक पहिलो सस्ंथा नेपाल चेम्बर अफ कमर्सले मुलुकको समग्र आर्थिक समृद्धि एवं निजी क्षेत्रको व्यावसायिक क्षमता अभिवृद्धिका लागि गरेका विभिन्न गतिबिधिहरुलाई हीरक जयन्तीको अवसरमा उजागर गरिनेछ । 

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...