‘बारुद्ध र मसीको घोल नै युद्ध पत्रकारिता हो’

Author

सजिलो पत्रिका

२०८२ मंसिर १२, शुक्रबार

19
Share
Featured
  • राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बारुद्ध र मसीको घोल नै युद्ध पत्रकारिताको प्रतीक भएको बताएका छन् र जनयुद्धमा पत्रकारहरूको साहसिक योगदानलाई उच्च मूल्याङ्कन गरे।
  • नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले जनयुद्धमा गरिएको पत्रकारिता मिसन पत्रकारिता भएको र हाल पनि जारी रहेको बताए।
  • महेश्वर दाहाल र लेखका शर्माले युद्ध पत्रकारितालाई संस्थागत रूपमा दस्तावेजीकरण गर्नुपर्नेमा जोड दिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बारुद्ध र मसीको घोल नै युद्ध पत्रकारिता भएको बताएका छन् ।

शुक्रबार पत्रकार दिपेन्द्र शर्माको ‘युद्ध पत्रकारिता’ नामक पुस्तक लोकार्पण गर्दै उनले पुस्तकले जनयुद्धमा जनपत्रकारहरुले खेलेको भूमिका साहसिक र अतुलनीय रहेको बताएका छन् । 

उनले भने, ‘बन्दुक र कलमको समायजोन, लडाई र पढाइको फ्युजन, बारुद र मसिको घोलको समिश्रण आजको गणतन्त्र हो ।’

जनयुद्धमा सामेल भएर पत्रकारिता गरेका पत्रकारहरुले मात्रै नभएर मुलधारका सञ्चार माध्यमका संचारकर्मीहरुले गरेको योगदानले आजको परिवर्तन सम्भव भएको दाहालले बताए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले जनयुद्धमा गरिएको पत्रकारिता मिसन पत्रकारिता भएको र अजैपनि नेपाली समाजमा मिसन पत्रकारिता जारी रहेको बताइन् । 

जनयुद्धको समयमा सञ्चार क्षेत्रलाई राज्यद्वारा आक्रमण गरेको र अहिले चौतफी रुपमा आक्रमण भइरहेको बताउँदै शर्माले भनिन्, ‘नागरिकको सहज सूचना पाउने अधिकारप्रति राज्य र सरोकारवाला पक्षहरु गम्भीर बन्नुपर्छ ।’

महेश्वर दाहालले नेपाली पत्रकारिताको इतिहासमा युद्ध पत्रकारिताको अभ्यास माओवादी जनयुद्धमा व्यापक भएको बताए । उनले सो पत्रकारितालाई संस्थागत दस्तावेजीकरण गर्नुपर्नेमा जोड दिए ।

लेखका शर्माले जनयुद्धमा आफू जस्तै धेरै पत्रकारहरु सामेल भएर युद्ध पत्रकारिता गरेको र सो समयको योगदानलाई दस्तावेजीकरण गर्ने प्रयास गरेको बताए ।

यो समाचारमा

नारायण प्रसाद दाहालकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...