डिआइजी घिमिरेले सम्हाले कोशी प्रदेश प्रहरीको कमाण्ड

Author

सजिलो पत्रिका

२०८२ मंसिर १२, शुक्रबार

13
Share
Featured
  • प्रहरी नायव महानिरीक्षक (डिआइजी) विनोद घिमिरेले कोशी प्रदेश प्रहरी प्रमुखको रूपमा पदभार ग्रहण गरेका छन्, गृह मन्त्रालयको मंसिर ८ गतेको निर्णय अनुसार।
  • उनले ‘जस्तोसुकै विषम परिस्थिति आए पनि प्रहरी पछाडि हट्दैन’ भन्ने सन्देश दिएका छन् र जिल्ला प्रहरी प्रमुख तथा मुद्दा चल्ने इकाई प्रमुखलाई निर्देशन दिएका छन्।
  • डिआइजी घिमिरेले संगठनको गरिमा बढाउन सामूहिकता, भातृत्व र समन्वयका साथ काम गर्न, राम्रो काम गर्ने प्रहरीलाई तत्काल पुरस्कार दिन र कानून विपरीत गतिविधिमा संलग्नलाई कडा कारबाही गर्न निर्देशन दिएका छन्।
  • उनका अनुसार कोशी प्रदेश प्रहरी अब अपराध नियन्त्रण, शान्ति–सुरक्षा, जनविश्वास र प्रविधिमैत्री सेवामा आक्रामक र परिणाममुखी ढंगले अघि बढ्ने योजना छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


कोशी प्रदेश प्रहरी प्रमुखको रूपमा प्रहरी नायव महानिरीक्षक (डिआइजी) विनोद घिमिरेले औपचारिक रूपमा कार्यभार सम्हालेका छन् । गृह मन्त्रलयको मंसिर ८ गतेको निर्णयअनुसार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा भएका डिआइजी घिमिरेले पदभार ग्रहण गरेका हुन् ।

सो अवसरमा उनले ‘जस्तोसुकै विषम परिस्थिति आए पनि प्रहरी पछाडि हट्दैन’ भन्ने सन्देश दिएका छन् । पदभार ग्रहणपछि कार्यालयको सभाहलमा बसेको विशेष कार्यक्रममा उनले भर्चुअलमार्फत सहभागी जिल्ला प्रहरी प्रमुख र मुद्दा चल्ने इकाई प्रमुखलाई समेत  निर्देशन दिए ।

नेपाल प्रहरी सङ्गठन आरोह–अवरोहबीच पनि कानून कार्यान्वयन र जनसेवामा समर्पित रहँदै आएको उल्लेख गर्दै डिआइजी घिमिरेले प्रहरी विनाको समाज अकल्पनीय हुने बताए । उनले बदलिँदो समय र प्रविधिमा आफूलाई सक्षम बनाउँदै सामूहिकता, भातृत्व र समन्वयका साथ संगठनको गरिमा थप उच्च बनाउन आग्रह गरे ।

राम्रो काम गर्ने प्रहरीलाई तत्काल पुरस्कृत गर्ने र कानून विपरीत गतिविधिमा संलग्न जो–कोहीलाई कडाभन्दा कडा कारबाही गर्ने निर्देश पनि जारी घिमिरेले गरेका छन् ।

डिआइजी घिमिरेका अनुसार कोशी प्रदेश प्रहरी अब अपराध नियन्त्रण, शान्ति–सुरक्षा, जनविश्वास र प्रविधिमैत्री सेवा प्रवाहमा अझ आक्रामक र परिणाममुखी ढंगले अघि बढ्नेछ ।

यो समाचारमा

गृह मन्त्रलयकोशी प्रदेशकाठमाडौँनेपाल प्रहरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...