बिपी राजमार्गको पुनर्निर्माण सुरु

Author

सजिलो पत्रिका

२०८२ मंसिर १२, शुक्रबार

16
Share
Featured
  • बाढी–पहिरोले बिगारेको बिपी राजमार्गको रोशी खोला सडक खण्डमा पुनर्निर्माण सुरु भएको छ, कुल ३०.५ किमिमीमध्ये २७.३ किमिमी भागमा काम अघि बढाइएको छ।
  • सरकारी बजेटमा ठेक्का लागेका भागमा निर्माण अगाडि बढेको भए पनि, जाइकाबाट बन्ने ३.२ किमिमी सडक खण्डमा ठेक्का प्रक्रिया नबढेकाले काम सुरु हुन सकेको छैन।
  • पहिले सिंगल लेन रहेको भकुन्डेबेसी–नेपालथोक खण्ड दुई लेन सडकमा पुनर्निर्माण हुँदैछ, काभ्रेमा तीन र सिन्धुलीमा एक गरी चार प्याकेजमा ठेक्का सम्झौता भएको छ।
  • सडक निर्माण सुरु भए पनि पुल निर्माणका लागि ठेक्का नलागेकाले काम रोकिएको छ, जसले साँघुरा पुलका कारण राजमार्गमा ट्राफिक जाम समस्यालाई यथावत् राखेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


बाढी–पहिरोले लगातार क्षतिग्रस्त बनाएको बिपी राजमार्गको रोशी खोला सडक खण्डमा पुनः निर्माणको काम सुरु भएको छ । 

सडक डिभिजन कार्यालयका अनुसार गत वर्ष र यस वर्षको बाढी पहिरोले रोशी खोला क्षेत्रमा बिगारेको ३०.५ किलोमिटर सडकमध्ये २७;३ किलोमिटर क्षेत्रमा निर्माणको काम अघि बढेको हो । 

नेपाल सरकारको बजेटमा ठेक्का लागेका सडकको निर्माण व्यवसायीले निर्माण सुरु गरेका सडक डिभिजन कार्यालय भक्तपुरसिन्धुलीले बताएका छन्। तर जापानको जाइका अन्तर्गत निर्माण हुन लागेको ३.२ किलोमिटर सडक खण्डमा भने अझै ठेक्का प्रक्रिया अघि नबढेकाले निर्माण सुरु हुन सकेको छैन।

सार्वजनिक खरिद ऐनअनुसार ठेक्का लागि सकेका क्षेत्रमा निर्माण कार्य सुरु भएको जनाइएको छ ।

विगतमा सिङ्गल लेन रहेको बिपी राजमार्गको भकुन्डेबेसीदेखि नेपालथोकसम्मको भागमा बाढीले क्षतिग्रस्त पारेपछि पुनर्निर्माणमार्फत दुई लेन सडक निर्माण गरिँदै छ।

राजमार्ग पुनर्निर्माणका लागि काभ्रेपलान्चोकतर्फ तीन प्याकेज र सिन्धुलीतर्फ एक प्याकेज गरी ठेक्का सम्झौता भएको छ। 

सडक निर्माण सुरु भइसके पनि राजमार्गमा पर्ने पुल निर्माणका लागि भने ठेक्का प्रक्रिया पूरा नहुँदा कार्य सुरु हुन सकेको छैन। 

यसले गर्दा पुराना साँघुरा पुलका कारण राजमार्गमा ट्राफिक जाम बढ्ने समस्या यथावत् रहेको स्थानीयहरूले बताएका छन्।

यो समाचारमा

भक्तपुरनेपालजापानकाभ्रेपलान्चोक
सिन्धुली5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सरकारी कर्मचारीलाई रक्सी-चुरोट खान निषेध !

    काठमाडौँ।सरकारले सरकारी कर्मचारीहरूलाई धूम्रपान र मध्यपानमा निरुत्साहित गर्न नयाँ आचारसंहिता जारी गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको आचारसंहिताको दफा ६(झ) मा कर्मचारीहरूले कार्यालय वा सार्वजनिक स्थलमा मदिरा सेवन गर्न, धूम्रपान गर्न र जुवातास खेल्न नपाउने व्यवस्था गरिएको छ।आचारसंहितामा कर्मचारीले

    Data is loading...

    Loading brands...

    Loading footer...