निर्देशक सरोज पौडेलको नयाँ चलचित्र ‘सिन्दुरे जात्रा’ घोषणा

Author

सजिलो पत्रिका

२०८२ मंसिर १२, शुक्रबार

17
Share
Featured
  • निर्देशक सरोज पौडेलले ‘सिन्दुरे जात्रा’ नामक नयाँ चलचित्र निर्माण गर्ने घोषणा टाइटल अनाउन्समेन्ट टिजरमार्फत गरेका छन् ।
  • चलचित्रको कथा पौडेल स्वयंले लेख्नेछन्, तर यो नुवाकोटको ऐतिहासिक सिन्दुरे जात्रामै आधारित हो वा अन्य कथा भन्ने खुलाइएको छैन ।
  • सारंगी फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा प्रभाकार श्रेष्ठ निर्माता छन्, वितरण आरआर फिल्म्स र डिजिटल पार्टनर ओएसआर डिजिटल रहनेछन् । कलाकारबारे पछि जानकारी दिइनेछ ।
  • पौडेलको पछिल्लो फिल्म ‘कोशेढुङ्गा’ जेनजी आन्दोलनको प्रभावमा परे पनि विषयवस्तु र निर्देशनका कारण प्रशंसा भेक थियो, त्यसैले नयाँ प्रोजेक्टप्रति उत्सुकता बढेको छ ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


निर्देशक सरोज पौडेलले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । चर्चित चलचित्र ‘’का निर्देशक पौडेलले चलचित्र ‘सिन्दुरे जात्रा’ निर्माणको घोषणा गरेका हुन् ।

निर्देशक पौडेलले टाइटल अनाउन्समेन्ट टिजरमार्फत चलचित्र निर्माणको घोषणा गरेका हुन् । २६ सेकेन्डको टाइटल अनाउन्समेन्ट टिजरमा सिनेमाको टाइटल छ । सिन्दुरे जात्राको मन्त्र पढेजस्तो आवाज रहे पनि के भनेको हो त्यो भने बुझिँदैन ।

चलचित्रमा कथा पनि निर्देशक पौडेल स्वयंको रहनेछ । नुवाकोटमा मनाइने गरेको ऐतिहासिक सिन्दुरे जात्रामा आधारित चलचित्र हो वा अरु नै कथा रहनेछ यसबारे निर्देशक पौडेलले केही बताएका छैनन् ।

सारंगी फिल्म्सको प्रस्तुति रहेको सिनेमाको निर्मातामा प्रभाकार श्रेष्ठ छन् । चलचित्रमा को–को कलाकार रहनेछन् भन्ने केही समयपछि जानकारी गराउने निर्देशक पौडेलले बताए ।

आरआर फिल्मस्ले वितरण गर्ने चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ । चलचित्र कहिले रिलिज गर्ने त्यो पनि निर्देशक पौडेलले प्रष्ट पारेका छैनन् ।

केही महिनाअगाडि निर्देशक पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र ‘कोशे ढुंगा’ प्रदर्शनमा आएको थियो । प्रदर्शन भइरहेका बेला जेनजीको आन्दोलनका कारण उत्पन्न असहज परिस्थितिबाट प्रभावित बन्न पुगेको ‘कोशेढुङ्गा’ले समाजिक विषय, मनोभावना र निर्देशन शैलीका कारण राम्रो प्रतिक्रिया बटुलेको थियो ।

निर्देशक पौडेलले यो नयाँ प्रोजेक्टबाट कस्तो नयाँ सिर्जना ल्याउने हुन् भन्नेमा चासो विषय बन्ने निश्चित छ ।

यो समाचारमा

नुवाकोटकाठमाडौँकोशे ढुंगा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा

    लन्डन । बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ ।  बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजको ऐतिहासिक ‘पार्कर्स पिस’मा भएको उक्त यात्रामा लन्डन र क्याम्ब्रिजमा बसोबास गर्दै आएका साहित्यकारहरु सहभागी थिए ।त्यस अवसरमा साहित्यकारहरु कृष्ण उपाध्याय, पोषेन्द्र सत्याल, लता गौतम, योगराज ढकाल, केशव पुडासैनी, चन्द्रमणि गौतम र कृष्ण

    Data is loading...

    Loading brands...

    Loading footer...