‘काजी’को फस्ट लुक सार्वजनिक, चैत २७ गते रिलिज हुँदै

Author

सजिलो पत्रिका

२०८२ मंसिर १२, शुक्रबार

34
Share
Featured
  • लक्ष्मण रिजालको निर्देशनमा बनेको चलचित्र ‘काजी’ चैत २७ गते प्रदर्शन हुने भएको छ, फस्ट लुक सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरिएको हो।
  • फस्ट लुकमा विपिन कार्की मुख्य रूपमा देखिन्छन्, जहाँ उनी र केकी अधिकारीलाई देखाइएको दृश्यका आधारमा चलचित्र पारिवारिक लभस्टोरीमा आधारित रहेको अनुमान गर्न सकिन्छ।
  • विपिन र केकीसँगै गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारीलगायत धेरै कलाकारको अभिनय रहनेछ। लक्ष्मण रिजाल ८ वर्षपछि निर्देशनमा फर्किएका हुन्।
  • चलचित्र रिजाल एण्ड रिजाल प्रोडक्सनमा निर्माण भइरहेको छ, लेखन प्रदीप भारद्धाज, छायांकन चिन्तन राजभण्डारी, संगीत कालिप्रसाद बास्कोटा, नृत्य निर्देशन कविराज गहतरजलगायतको टिमले काम गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


लक्ष्मण रिजालको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘काजी’ले प्रदर्शन मिति तय गरेको छ ।  फस्ट लुक सार्वजनिक गर्दै निर्माण टिमले आज रिलिज डेट लक गरेको हो ।

‘काजी’ चैत २७ गते रिलिज हुनेछ । आगामी नयाँ वर्षको बिदा भेट्नेगरी ‘काजी’ चैत २७ गते आउने भएको हो ।

रामप्रसाद रिजालको प्रस्तुति रहेको चलचित्रको आज सार्वजनिक गरिएको  फस्ट लुकमा सिनेमाका मुख्य पात्र विपिन कार्की छन् । उनी योङ एण्ड हेन्डम देखिएका छन् । चिटिक्क पारेर कोरेको कपाल र दारीमा रहेका उनले सर्ट लगाएका छन् । उनी केही गम्भीर मुद्रामा केही सोचिरहेको र केही हेरिरहेको जस्तो देखिन्छन् । 

पोस्टरमा केकी अधिकारीलाई बिपिन कार्कीले आफ्नो मुटुमा राखेको जस्तो देखिएको छ भने सँगै खाना खाइहेको पुराना दिन सम्झिरहेको जस्तो देखिन्छ । पोस्टरले सिनेमा पारिवारिक लभस्टोरीमा केन्द्रित रहेको अनुमान लगाउन सकिन्छ ।

विपिन र केकीसँगै यो सिनेमामा गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरि, बुद्धी सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा बाल कलाकार दिक्षिता अर्याललगायतको अभिनय छ ।

यो सिनेमाबाट लक्ष्मण रिजाल ८ वर्षपछि निर्देशनमा फर्किएका छन् । आफूले खोजेको जस्तै स्क्रिप्ट पाएकाले निर्देशनमा कमव्याक गरेको उनले बताएका छन् । उनले यसअघि ‘कसम’, ‘धुँवा यो नसा’, ‘अलविदा’, ‘कायरा’ लगायतका सिनेमा निर्देशन तथा ‘डिसेम्बर फल्स’ र ‘गणपति’को निर्माण गरेका थिए ।

रिजाल एण्ड रिजल प्रोडक्सनको व्यानरमा निर्माण रहेको सिनेमालाई राम प्रसाद रिजालले निर्माण गरेका छन् ।

चलचित्रमा प्रदीप भारद्धाजको लेखन रहेको छ । सिनेमालाई चिन्तन राजभण्डारीले खिचेका छन् । सिनेमाका लागि गीतसंगीत कालिप्रसाद बास्कोटाले तयार पारेका छन् ।

सिनेमाको प्रोड्क्सन डिजाइनर ओजस्वी ओझा हुन् । रगं संयोजक श्याम कुँवर, लोकेशन साउन्ड÷साउन्ड डिजाइन सागर अर्याल, ब्याक्ग्राउन्ड स्कोर सुजिल कर्माचार्यको रहनेछ । क्रिएटिभ हेड रोनाल्ड श्रेष्ठ, नृत्य निर्देशक कविराज गहतरजको रहनेछ ।

प्रोडक्सन हेड प्रकाश हमाल छन् भने सम्पादन सुपरभाइजर बनिश शाह छन् । सम्पादक बिपिन मल्ल रहेका छन् ।

कार्यकारी निर्माता असिम काफ्ले, निर्माता नेहान रिजाल, बिकाश राज जोशी रहेका छन् । वितरक श्रीराम बालाजी फिल्म्स रहेको छ ।


यो समाचारमा

कसमबिपिन कार्कीकेकी अधिकारीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा

    लन्डन । बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ ।  बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजको ऐतिहासिक ‘पार्कर्स पिस’मा भएको उक्त यात्रामा लन्डन र क्याम्ब्रिजमा बसोबास गर्दै आएका साहित्यकारहरु सहभागी थिए ।त्यस अवसरमा साहित्यकारहरु कृष्ण उपाध्याय, पोषेन्द्र सत्याल, लता गौतम, योगराज ढकाल, केशव पुडासैनी, चन्द्रमणि गौतम र कृष्ण

    Data is loading...

    Loading brands...

    Loading footer...