'गाली मलाई गर्नुस्, सर्वसम्मति नभएसम्म बैठक सारिरहन्छु'-कार्यवाहक सभापति खड्का

Author

सजिलो पत्रिका

२०८२ मंसिर १२, शुक्रबार

29
Share
Featured
  • नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमिति बैठक सार्नुपरेकोमा सार्वजनिक माफी मागेका छन्।
  • महाधिवेशनसम्बन्धी विवादमा सहमति नजुटेकाले शुक्रबार तय बैठक आइतबारमा सारिएको हो, र खड्काले सर्वसम्मति नबनेसम्म बैठक सारिरहने जिम्मेवारी आफूले लिनेसमेत बताएका छन्।
  • कांग्रेसभित्र महाधिवेशनको मिति र प्रक्रियामा आन्तरिक मतभेद कायम रहेकाले बैठकहरू पटक–पटक प्रभावित हुँदै आएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले केन्द्रीय कार्यसमिति बैठक सार्नुपरेकोमा सार्वजनिक रूपमा माफी मागेका छन् । महाधिवेशनको विषयमा सहमति जुट्न नसकेपछि शुक्रबारका लागि तय भएको बैठक आइतबारलाई सारिएको हो ।

खड्काले सामाजिक सञ्जालमार्फत सर्वसम्मति नबनेसम्म बैठक सारिरहने र त्यसको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताएका छन्। उनले यसका लागि आफूलाई जति गाली गरे पनि स्वीकार्य हुने उल्लेख  गरेका हुन् ।

“माफ पाउँ सबैसँग बैठक सारेकोमा । गाली सबैले मलाई गर्नुस्... जबसम्म सर्वसम्मत निर्णय गर्ने अवस्था बन्दैन, म बैठक सारिरहन्छु,” उनले बिहीबार राति सामाजिक सञ्जाल ‘एक्स’मा लेखेका छन्, “म कार्यवाहक रहेसम्म यसको जिम्मेवारी लिन्छु र गाली स्वीकार गर्छु ।”

नेपाली कांग्रेसभित्र महाधिवेशनको मिति र प्रक्रिया लगायतका विषयमा विवाद हुँदा केन्द्रीय कार्यसमिति बैठक पटक–पटक प्रभावित हुँदै आएको छ । अब केन्द्रीय कार्यसमिति बैठक आइतबार दिउँसो २ बजेका लागि बोलाइएको छ ।

यो समाचारमा

पूर्ण बहादुर खड्कानेपाली काँग्रेसकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...