जेन्जी शहीदहरूको सम्झनामा मुगुको छायाँनाथ रारा–६ रञ्जन बालैमा धर्मशाला निर्माण

Author

सजिलो पत्रिका

२०८२ मंसिर ११, बिहिबार

21
Share
Featured
  • मुगुको छायाँनाथ रारा–६ मा भदौ २३–२४ को आन्दोलनमा ज्यान गुमाएका ७४ जना जेन्जी शहीदहरूको स्मृतिमा करिब ९ लाख लागतमा ३० जनासम्म बस्न सकिने नमुना धर्मशाला निर्माण गरिएको छ।
  • अक्कल कोपिला फाउण्डेसनका संस्थापक अक्कल बोहोराले विपन्न र प्रभावित समुदायलाई निरन्तर सहयोग गर्दै आएका छन् र अहिलेसम्म करिब ३ करोडभन्दा बढी रकम सामाजिक सेवामा खर्च गरिसकेका छन्।
  • पूर्व एपीएफ धावक तथा हाल स्पेनमा बसोबास गर्ने बोहोराले आगामी दुई वर्षसम्म रञ्जन बालैका बालबालिकालाई शैक्षिक सामग्री निरन्तर उपलब्ध गराउने प्रतिबद्धता जनाए।
  • धर्मशालाले स्थानीय तथा बाहिरी तीर्थयात्रीलाई सुरक्षित आश्रय मात्र नभई शहीदहरूको बलिदानलाई स्थायी रूपमा स्मरण गर्ने महत्वपूर्ण संरचना बनेको स्थानीयहरूले बताएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


हिमाली जिल्ला मुगुको छायाँनाथ रारा नगरपालिका–६ रञ्जन बालैमा जेन्जी शहीदहरूको स्मृतिमा एक नमुना धर्मशाला निर्माण गरिएको छ। अक्कल कोफिला फाउन्डेसनको आर्थिक सहयोगमा निर्माण भएको सो धर्मशाला भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा देशका लागि बलिदान भएका ७४ जना जेन्जी युवाशहीदहरूको सम्झनामा तयार पारिएको हो।

धर्मशालाको निर्माण करिब नौ लाख रुपैयाँको लागतमा सम्पन्न भएको हो। करिब ३० जनासम्म बस्न र सुत्न सकिने व्यवस्थासहित बनाइएको यो भवन विशेषगरी जनैपूर्णिमाका अवसरमा जुम्ला, कालिकोट, बाजुरा आदिबाट आउने तीर्थयात्रीलाई सुरक्षित आश्रय दिने उद्देश्यले निर्माण गरिएको जनाइएको छ।

अक्कल कोपिला फाउन्डेसनका संस्थापक तथा समाजसेवी अक्कल बोहोराले लामो समयदेखि मुगुमा विपन्न, असहाय तथा विपत्तिबाट प्रभावित व्यक्तिहरूका लागि निरन्तर सहयोग पुर्याउँदै आएका छन्। दैविक प्रकोप होस् वा दैनन्दिन जीवनका कठिनाइ, कठिन क्षणहरूमा ‘भगवानझैँ उपस्थित हुने मान्छे’ भनेर स्थानीयले बखान गर्ने बोहराले शैक्षिक सामग्री, खाद्यान्न, लत्ताकपडा, आवासीय सहयोगदेखि लिएर विद्यालय तथा सर्वसाधारणलाई आवश्यक पर्ने संरचना निर्माणमा समेत योगदान दिंदै आएका छन्।

उनले अहिलेसम्म झन्डै ३ करोडभन्दा बढी रकम विकास–निर्माण तथा मानवसेवामा खर्च गरिसकेको बताइएको छ। विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरण, मसिन घाटमा मलामी बस्ने ओतसहितका संरचना निर्माण, बाटोघाटो सम्शोधन, मन्दिर–मठ संरक्षणजस्ता सामाजिक कामहरूमा बोहराको निरन्तर पहलकदमी रहिआएको छ।

मुगुको दुर्गम गाउँमा जन्मिएर पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित हुन सफल अक्कल बोहरा पेशाले पूर्व सशस्त्र प्रहरी बलका धावक खेलाडी हुन्। हाल उनी स्पेनको कोस्टा ब्लाङ्कामा बस्दै आएका छन्। आफ्नो बाल्यकालका कठिन दिनहरू सम्झँदा आज गरिब र दुःखी जनताको सेवा गर्न पाउनु नै जीवनको सबैभन्दा ठूलो सुख भएको उनले उद्घाटन समारोहमा टेलिफोनमार्फत बताएका हुन्।

उनीले रञ्जन बालैका नानी–बाबुका लागि आगामी दुई वर्षसम्म निरन्तर शैक्षिक सामग्री उपलब्ध गराइरहने प्रतिबद्धतासमेत जनाए।

धर्मशालाको उद्घाटनमा स्थानीयवासी, जनप्रतिनिधि तथा समुदायको उल्लेखनीय सहभागिता रहेको थियो। सो अवसरमा वडा नम्बर ६ का अध्यक्ष खेम रावलले “एक जना जनप्रतिनिधिले गर्न नसक्ने ठूलो काम समाजसेवी अक्कल बोहोराले निरन्तर गरिरहनु भएको छ, उहाँ हाम्रो गौरव हुनुहुन्छ” भन्दै सम्मान व्यक्त गरे।

कार्यपालिका सदस्य कृष्ण कुलालले पनि बोहराको सहनशीलता, मन, श्रम र समर्पणले मुगुवासीको मन जित्न सफल भएको बताएका थिए।

स्थानीयहरूले बोहरा आफूहरूको सबैभन्दा ठूलो अभिभावक भएको अनुभव सुनाउँदै, साना बालबालिका विद्यालय जान पनि हिलाम्य भएकै कारण समस्यामा पर्दा बोहराले आरसीसीबाट सुरक्षित बाटो समेत बनाइदिएको स्मरण गरे।

धर्मशालाको निर्माणले स्थानीय समुदाय तथा बाहिरबाट आउने तीर्थयात्रीलाई सुविधाजनक र सुरक्षित आश्रय प्रदान गर्ने मात्र होइन, शहीदहरूको बलिदानलाई स्थायी स्मारक स्वरूप समाजमा जोगाइराख्ने कार्य पनि गरेको स्थानीयहरूको भनाइ छ।

यो समाचारमा

स्पेनमुगुछायाँनाथ रारा नगरपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    पहिरो र लेदो हटाएपछि बीपी राजमार्ग पुनः सञ्चालनमा

    काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीस्थित विरुवाडाँडा र आसपासका क्षेत्रमा खसेको पहिरो तथा लेदो हटाएपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। शुक्रबार रातिको वर्षाका कारण सडकमा लेदो र सुख्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सडकमा थुप्रिएको अवरोध हटाएपछि केहीबेरअघि मात्रै यातायात सुचारु

    Data is loading...

    Loading brands...

    Loading footer...