हाम्रो अभियान वामपन्थी कम्युनिष्ट र सच्चा देशभक्तहरुको अभियान बनि सकेको छ :प्रचण्ड

Author

सजिलो पत्रिका

२०८२ मंसिर ११, बिहिबार

11
Share
Featured
  • पुष्पकमल दाहाल प्रचण्डले एमालेका उत्कृष्ट नेता–कार्यकर्ताहरु पनि एकता अभियानमा प्रवेश गरेको र अभियान सच्चा वामपन्थी कम्युनिष्ट तथा देशभक्तहरुको भएको बताएका छन्।
  • यो अभियान चुनाव जित्न होइन, राष्ट्रको स्वाधीनता, सार्वभौमसत्ता र क्रान्तिका उपलब्धीको रक्षा गर्ने उद्देश्यले सञ्चालन भएको हो।
  • अभियानले नेपाली युवाहरु र आम जनताको विकास, सुशासन र भ्रष्टाचारको विरुद्ध कारबाही सुनिश्चित गर्ने दृढ संकल्पका साथ अघि बढ्ने योजना रहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले कार्तिक १९ गतेदेखि आज मंसिर ११ गतेसम्म आउदा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का एकदम राम्रो नेता कार्यकर्ताहरु आफूहरुको अभियानमा जोडिएको बताएका छन् । 

बिहिबार काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी एकीकरण घोषणा कार्यक्रममा उनले एमालेका एकदम राम्रो नेता कार्यकर्ताहरु पनि अभियानमा प्रवेश गरेको भन्दै यसले यो अभियान सच्चा वामपन्थी कम्युनिष्ट र सच्चा देशभक्तहरुको अभियान बनि सकेको बताए । 

उनले भने, ‘१९ गतेदेखि आज मंसिर ११ गतेसम्म आउदा एमालेका एकदम राम्रो नेता कार्यकर्ताहरु जसरी हाम्रो अभियानमा प्रवेश गर्नुभएको छ त्यसले के देखाउछ भने यो अब सम्पूर्ण सच्चा वामपन्थी कम्युनिष्टहरुको, सच्चा देशभक्तहरुको अभियान बनि सकेको छ मलाई विश्वास छ आउने दिनमा यसले पूर्णता प्राप्त गर्दै जाने छ र देशको रक्षा गर्ने कुरामा क्रान्तिका उपलब्धीको रक्षा गर्ने कुरामा हामीले नयाँ आन्दोलन छेड्नु छ ।’

यस्तै, उनले अभियान चुनाव जित्नको लागि नभई राष्ट्रको स्वाधिनताको रक्षा, राष्ट्रको सार्वभौमसत्ताको रक्षा गर्ने उद्देश्यका साथ एउटा बलियो तागत पैदा गर्ने संकल्पका साथ गरिएको अभियान भएको बताए । 

उनले युवा र आम नेपाली जनताको विकास र सुशासनको चाहानालाई सम्बोधन गर्ने दृढ संकल्पका साथ एकताको आन्दोलनमा सहभागि भएको पनि बताए । 

उनले भने, ‘नेपालमै रोजगारी सिर्जना गरेर नेपाली युवाहरु जेनजी युवाहरुले जुन आक्रोशका साथ आफ्ना मागहरु अगाडि सारेका छन् । देश विदेशमा भएका लाखौ नेपाली युवाहरुले देशभित्र रोजगारीको वातावरण बनेको हेर्न चाहेका छन् । ती युवाहरुको र आम नेपाली जनताको विकासको चाहानालाई सुशासनको चाहानालाई सम्बोधन गर्ने दृढ संकल्पका साथ हामी यो एकताको आन्दोलनमा सहभागि भएको हो । यो एकता आन्दोलन हो ।’

यो एकता एउटा यस्तो शक्तिशालि अभियान हुनेवाला छ, जसले देशलाई र जनताको भावनालाई सम्बोधन गर्ने र भ्रष्टाचारीहरुलाई साच्चि नै कारबाही गर्ने गरि अगाडि बढ्ने पनि उनको भनाई छ । 

यो समाचारमा

नेपाली कम्युनिष्ट पार्टीपुष्पकमल दाहालकाठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    रास्वपा नेतृत्वको सरकारप्रति पनि जनतामा निराशा बढ्यो- पूर्वअर्थमन्त्री खनाल

    काठमाडौँ।पूर्वअर्थमन्त्री रामेश्वर खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकारप्रति पनि जनतामा निराशा बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्। शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै खनालले देशका सबै राजनीतिक दलप्रति जनताको विश्वास घट्दै जानु मुलुकका लागि सुखद नभएको बताएका हुन्।खनालले "पहिलाका शासकहरू खराब थिए, अहिलेका पनि खराबै रहेछन्"

    Data is loading...

    Loading brands...

    Loading footer...