पोखरामा ‘नवयुग’: फिस्टेल माउन्टेन कलेजमार्फत विश्वस्तरको आईटी शिक्षा सुरु

Author

सजिलो पत्रिका

२०८२ मंसिर ११, बिहिबार

12
Share
Featured
  • आईएनजीले फिस्टेल माउन्टेन कलेजमार्फत पोखरामै विश्वस्तरीय आईटी शिक्षाको नयाँ युग सुरु भएको घोषणा गर्‍यो।
  • भैरव टेकको अन्तर्राष्ट्रिय सफलतासहित ग्लोबल एआई टिम र नयाँ साइबर–सुरक्षा कम्पनी स्थापना हुने जानकारी दिइयो।
  • विद्यार्थीलाई अध्ययनसँगै रोजगारी, अन्तर्राष्ट्रिय एक्सपोजर र वास्तविक परियोजनामा सहभागिता सुनिश्चित गर्ने मोडेल सार्वजनिक गरियो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

‘पोखराको नवयुग’ शीर्षकमा मंगलबार पोखरामा सम्पन्न पत्रकार सम्मेलनमार्फत इनोभेट नेपाल ग्रुप (आइएनजी) ले फिस्टेल माउन्टेन कलेज मार्फत पोखरामै विश्वस्तरको सूचना प्रविधि (आईटी) शिक्षाको नयाँ युग सुरु भएको औपचारिक घोषणा गरेको छ । 

कार्यक्रमका प्रमुख वक्ता तथा आइएनजीका संस्थापक–अध्यक्ष सुलभ बुढाथोकीले नेपालभर प्रतिभा विकास, शिक्षा–उद्योग सहकार्य, स्टार्टअप र टेक उद्यमशीलता विस्तार तथा विश्वस्तरीय परियोजनामार्फत युवाहरूलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सक्षम बनाउँदै आएको संस्थाको यात्रा विस्तृत रूपमा प्रस्तुत गरे ।

कार्यक्रममा भैरव टेकको उपलब्धि पनि प्रस्तुत गरियो, विशेषगरी पेरिस ओलम्पिक्स २०२४ का लागि सायबर–सुरक्षा सेवा प्रदान गरेको तथ्यले नेपाली युवाको क्षमता विश्वसामु प्रमाणित भएको आयोजकहरूले बताए ।

साथै, इनोभेट टेक र आइएनजी टेक ले विश्वका विभिन्न कम्पनीहरूबाट प्राप्त आउटसोस्र्ड आईटी परियोजना नेपालमै सञ्चालन गर्दै हजारौँ अभ्यास तथा रोजगारी अवसर सिर्जना गरिरहेको जानकारी गराइएको छ ।

कार्यक्रमको मुख्य आकर्षणमध्ये ग्लोबल एआई टिमको घोषणा थियो । यसअन्तर्गत नेपाली एआई इन्जिनियर तथा डेभलपरहरूको क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने, ठूलो लगानीसहित उनीहरूलाई विदेशी एआई परियोजनामा प्रत्यक्ष काम गर्ने अवसर उपलब्ध गराउने, र एआई सीपलाई दीर्घकालीन रूपमा विश्वस्तरमा प्रतिस्पर्धी बनाउने योजना सार्वजनिक गरियो ।

यसै क्रममा, युकेको दर्ता भएको पूर्ण रूपमा सायबर–सुरक्षा सेवामा केन्द्रित नयाँ कम्पनीको पनि घोषणा गरिएको छ, जसको नेतृत्व भैरव टेकका सदस्यहरूले गर्नेछन्। यसले नेपाली सायबर–सुरक्षा क्षमतालाई विश्व बजारमा थप सबल बनाउने विश्वास व्यक्त गरिएको छ ।

कार्यक्रममा सुपर फोकस्ड आईटी कलेजका रूपमा पहिचान बनाएको फिस्टेल माउन्टेन कलेजको नयाँ लोगो अनावरण गर्दै अत्याधुनिक पाठ्यक्रम, उद्योग अनुसन्धानमा आधारित शिक्षा र भविष्यका टेक नेतृत्वकर्ताहरू उत्पादन गर्ने लक्ष्य प्रस्तुत गरिएको थियो । आइएनजीले एक वर्षभित्र पोखरामै कम्तीमा एक प्रविधि कम्पनी स्थापना गरी विद्यार्थीलाई अध्ययनसँगै रोजगारी, उद्योग–एक्सपोजर र वास्तविक परियोजनामा प्रत्यक्ष सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ ।

कार्यक्रमको अन्त्यतिर हेराल्ड कलेज काठमाडौंका सीईओ प्रकाश श्रेष्ठले आइएनजी र युनिभर्सिटी अफ वल्भरह्याम्पटनको सहकार्यमा पोखरामै ल्याइँदै गरिएको अन्तर्राष्ट्रिय शिक्षा मोडेल, मान्यता तथा विद्यार्थीहरूका लागि उपलब्ध हुने विश्वव्यापी अवसरबारे विस्तृत जानकारी प्रस्तुत गरे ।

यी सबै घोषणासँगै, पोखरा आईटी शिक्षा, उच्च दक्षता विकास, अन्तर्राष्ट्रिय एक्सपोजर र प्रविधि उद्योग विस्तारका क्षेत्रमा तीव्र गतिमा अघि बढ्ने अपेक्षा गरिएको छ, जसले नेपाली युवाहरूका लागि नयाँ अवसर र दिशाहरू खोल्ने विश्वास व्यक्त गरिएको छ ।

यो समाचारमा

काठमाडौँपोखरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...