एमाले अध्यक्षमा ईश्वर पोखरेलको तयारी, ओलीले नेतृत्व हस्तान्तरण गर्ने विश्वास

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०९, मङ्गलबार

19
Share
Featured
  • ईश्वर पोखरेलले एमालेको ११औँ महाधिवेशनमा अध्यक्ष पदका लागि उमेदवारी घोषणा गरेपछि पार्टीभित्र नेतृत्व प्रतिस्पर्धा सुरु भएको छ।
  • पोखरेलले पार्टी पुनर्गठन, सामूहिक नेतृत्व र रूपान्तरण गर्ने प्रतिवद्धता व्यक्त गर्दै केपी ओलीले नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका खेल्ने अपेक्षा राखेका छन्।
  • उनले मंसिर १३ को प्रतिनिधि छनोटमा विवेकपूर्ण निर्णय गर्न पार्टी सदस्यहरूलाई आह्वान गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र नेतृत्वको रस्साकस्सी सुरु भएको छ । मंगलबार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उमेदवारी घोषणा गरेसँगै एमालेको भावी अध्यक्षका लागि रस्साकस्सी सुरु भएको हो ।

मंगलबार विज्ञप्ति जारी गर्दै उनले पार्टीको आसन्न ११औँ महाधिवेशनमा अध्यक्षको उमेदवार बन्ने घोषणा गरेका हुन् ।

‘पार्टी निर्माणसम्बन्धी माथि उल्लेखित विचारको आधारमा ११औँ राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्ष पदको उमेदवारको रूपमा प्रस्तुत हुने निष्कर्षमा पुगेको छु । पार्टी पुनर्गठन र रूपान्तरणका लागि देशभरिका साथीहरूले गर्नुभएको आग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उमेदवारी घोषणा गरेको हुँ,’ विज्ञप्तिमा उल्लेख छ ।

पोखरेलले पार्टी अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका खेल्ने अपेक्षा व्यक्त गरेका छन् । ‘पार्टीका कमरेडहरूको योग्यता, क्षमता र रुचिअनुसार जिम्मेवारी प्रदान गर्दै सामूहिक नेतृत्व र पहलमार्फत नेकपा ९एमाले०लाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गर्न म प्रतिबद्ध छु,’ उनले भनेका छन् ।

‘पार्टीको आन्तरिक लोकतन्त्रसम्बन्धी आफैँले अघि सारेका मान्यतालाई सम्मान गर्दै पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकरात्मक भूमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु । अभिभावकीय भुमिका मार्फत सहज निकासका लागि पार्टी अध्यक्ष कमेरडलाई अनुरोध गर्दछु,’ उनले विज्ञप्तिमा भनेका छन् । 

पोखरेलले यही मंसिर १३ गते हुने महाधिवेशन प्रतिनिधि छनोटमा विवेक पु-याउन पनि आह्वान गरेका छन् ।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँखड्गप्रसाद शर्मा ओली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...