रौतहटमा परिवारकै सदस्यद्वारा महिलाको बिभत्स हत्या, घरभित्र गाडिएको अवस्थामा शव फेला

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०९, मङ्गलबार

36
Share
Featured
  • रौतहट, वृन्दावन–९ भुसाहामा २५ वर्षीया तरीमा खातुनको आफ्नै घरभित्र खाडल खनेर गाडिएको शव फेला।
  • मृतकका पति विदेशमा (साउदी अरब) र परिवारका केही सदस्य फरार; डेढ वर्षका छोरा समेत साथमा लगेको। हत्या मुख्यतः अनैतिक सम्बन्ध र परिवारको अस्वीकृतिलाई कारण मानिएको।
  • घटनास्थलबाट शव र चक्कु बरामद, पोस्टमार्टमका लागि पठाइयो, फरार सदस्यको खोजी र अनुसन्धान जारी।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


रौतहटको बृन्दावन नगरपालिकाका–९ भुसाहामा २५ वर्षीया महिलाको आफ्नै घरभित्र खाडल खनेर गाडिएको अवस्थामा शव फेला परेको छ ।

भुसाहा निवासी तरीमा खातुनलाई सोमबार राति परिवारका सदस्यहरूले मिलेमतोमा हत्यागरी घरको भुस राख्ने स्थानमा पुरेको अवस्थामा मंगलबार बिहान शव भेटिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गरुडा र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोली घटनास्थलमा पुगेर खाडल खनेर पुरिएको शव निकालिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

मृतकका पति शेख आदिल वैदेशिक रोजगारीका सिलसिलामा हाल साउदी अरेबियामा रहेका छन् । घटनापछि खातुनका ससुरा शेख अलि मोहम्मदसहित घरका अन्य सदस्य फरार रहेको प्रहरी उपरीक्षक (एसपी) रविन कार्कीले जानकारी दिए ।

उनीहरूले मृतकको डेढ वर्षका छोरा मोहम्मद आरिफलाई समेत साथमै लिएर फरार भएको प्रहरीले जनाएको छ । घटनाको मूल कारण अनैतिक सम्बन्धको आरोपसँग जोडिएको अनुमान गरिएको छ ।

मृतकका बुबा ताज मोहम्मदका अनुसार गत कात्तिक १८ गते माइतीतर्फ आयोजित विवाह समारोहका क्रममा खातुन नातामा भतिजो पर्ने गुड्डु भनिने शेख अलाहुदिनसँग सम्बन्ध राखिरहेकै अवस्थामा फेला परेकी थिइन् । 

दुबै जनाले विवाह गर्ने मौखिक सहमति जनाएपनि परिवारका सदस्यले स्वीकार नगरेपछि विवाद झन् चर्किएको र सोमबार राति सोही विषयलाई लिएर हत्या भएको अनुमान गरिएको छ । मृतकका भाइ शेख आस मोहम्मदले दिदीको हत्या प्रत्यक्ष देखेका छन् । 

उनका अनुसार परिवारका सदस्यले हत्या गरिरहेको बेला विरोध जनाउँदा ‘हल्ला ग-यांै भने तिमीलाई पनि मारिदिन्छौं’ भन्दै धम्की दिएपछि उनी त्यहाँबाट भाग्न सफल भएका थिए । भाइले दिदीको हत्या भएको पुष्टि गर्ने तस्वीर माइतीतर्फ पठाएको परिवारजनले बताएका छन् । 

प्रहरीका अनुसार खातुनको दाहिने खुट्टामा गहिरो चोट लागेको र टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ । घटनास्थलबाट एकवटा चक्कु समेत बरामद गरिएको प्रहरीले जनाएको छ। शवलाई पोष्टमार्टमका लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ ।

प्रहरीले फरार रहेका उनका घरका सदस्यहरुको खोजीकार्य तीव्र रुपमा गरिरहेको र घटनाका सम्बन्धमा अनुसन्धान अघि बढाइएको जनाएको छ।

यो समाचारमा

रौतहटबृन्दावन नगरपालिकासाउदी अरेबियाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...