६८ वटा दलले दल दर्ता गराए, अन्तिमसम्ममा सबै आउनेछन् : निर्वाचन आयोग

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०९, मङ्गलबार

14
Share
Featured
  • दल दर्ता: फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि हालसम्म ६८ दलले दर्ता गराइसकेका, दर्ता कायम दल संख्या १३२।
  • निर्वाचन सुनिश्चितता: निर्वाचन आयोगले स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन गराउने प्रतिबद्धता व्यक्त।
  • विदेशी मतदाता र बजेट: विदेशमा बस्ने नेपालीको लागि कानुन निर्माण प्रक्रियामा, आयोगलाई ४ अर्ब ९६ करोड बजेट सुनिश्चित।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मंगलबार दिउसोसम्म ६८ वटा दलले दल दर्ता गराएका छन् । 

निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले हालसम्म ६८ वटा दलले आगामी प्रतिनिधि सभा निर्वाचनको प्रयोजनका लागि दल दर्ता गराएको बताए । साथै दर्ता कायम भएका दलको संख्या भने १३२ रहेको उनले जानकारी दिए ।

निर्वाचनमा सबैको सहभागिता रहने पनि उनले विश्वास व्यक्त गरे । ‘निर्वाचन एउटा राष्ट्रिय पर्व हो । यसमा सामान्य नागरिकहरुले तीन तरिकाले निर्वाचनमा सहभागिता जनाउने छन् । यसमा सबैको सहभागिता हुने भएकाले दल दर्ताको प्रक्रिया चलिरहेको छ र सबै दलहरु दर्तामा आउनु हुनेछ । त्यसैले आयोगले स्वतन्त्र, निष्पक्ष र भयरहित रुपमा निर्वाचन गराउने प्रण गर्नेछ,’ प्रवक्ता भट्टराईले भने ।

त्यस्तै उनले विदेशमा बस्ने नेपाली नागरिकहरुका लागि कानुन निर्माणको चरणमा रहेको बताए । आयोगलाई अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड बजेट सुनिश्चित भएको जानकारी दिंदै अपुग बजेट माग गर्दै जाने पनि बताए ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...