अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०९, मङ्गलबार

15
Share
Featured
  • नेपालका विभिन्न जिल्ला जस्तै कास्की, दाङ, बर्दिया, मकवानपुर, झापा, सुनसरी, मोरङ र बाँकेबाट अवैध लागूऔषध ब्राउनसुगर, खैरो हेरोइन र नियन्त्रित लागूऔषध ट्रामाडोल सहित जम्मा १८ जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ।
  • पक्राउ परेका व्यक्तिहरूलाई विभिन्न स्थानबाट मोटरसाइकल, सिटीसफारी र पैदल आउँदै गर्दा लागूऔषधसहित पक्राउ गरिएको हो र उनीहरूको घर तथा सवारीसाधनमा तलासी गरी लागूऔषध फेला परेको छ।
  • प्रहरीले विभिन्न जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयबाट खटेर पक्राउ गरेको जानकारी दिँदै आवश्यक अनुसन्धान जारी रहेको जनाएको छ।
समाचार सारांशGenerated using AI.


कास्की, पोखरा महानगरपालिका-२६ कालिका चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय मिलिग्राम सहित सोही महानगरपालिका-१ बगर बस्ने २८ वर्षीय मनोज श्रेष्ठलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले ग.२५ प १९२१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

दाङ, तुलसीपुर उपमहानगरपालिका-७ राजापुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ४० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय कुमार नेपाली र २३ वर्षीय विजय अधिकारी रहेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी दाङ, घोराही उपमहानगरपालिका-१३ बस्ने ३४ वर्षीय कर्ण बहादुर विकलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय मिलिग्राम र नगद १२ हजार ६ सय रूपैयाँ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुर बाईपासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-५ तुलसीपुर बस्ने २१ वर्षीय दिपक थापा क्षेत्रीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

मकवानपुर, हेटौडा उपमहानगरपालिका-१४ बदेलधाप बस्ने २९ वर्षीय सिताराम दोङलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ४० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ५२ ट्याब्लेट सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । 

झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-४ बिर्ताबजार बस्ने ३३ वर्षीय दिलिप कुमार माझी र उनकै श्रीमती ३० वर्षीया रोमा राणा रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १-०१-००२ ह ७६३३ नम्बरको सिटीसफारीलाई जाँच गर्दा उक्त पदार्थ फेला पारी चालक दिलिप र रोमालाई पक्राउ गरेको हो । 

सुनसरी, धरान उपमहानगरपालिका-१४ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ट्याब्लेट र स्पास्पेन २ सय ४० ट्याब्लेट सहित सोही उपमहानगरपालिका-१५ बस्ने २७ वर्षीय सनम लिम्बुलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट विजयपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यसैगरी सुनसरी, इनरुवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ७० मिलिग्राम सहित रामधुनी नगरपालिका-५ बस्ने २१ वर्षीय सन्तोष राईलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले चिरौलीबाट इनरूवातर्फ आउँदै गरेको को.३१ प २९५२ नम्बरको मोटसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्राम सहित सप्तरी बोदेबरसाइन नगरपालिका-१० बस्ने १९ वर्षीय दुर्गानन्द यादवलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

बाँके, वैजनाथ गाउँपालिका-१ चिसापानीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ९० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुर्खेत सिम्ता गाउँपालिका-१० बस्ने २१ वर्षीय बिनोद थापामगर र सुर्खेत लेकबेशी नगरपालिका-१ बस्ने २५ वर्षीय बिकाश पाण्डे रहेका छन् । इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो समाचारमा

झापारामधुनी नगरपालिकावैजनाथ गाउँपालिकाबिर्तामोड नगरपालिका
गुलरिया नगरपालिका23 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुन र चाँदी दुवैको मूल्य बढ्यो, कतिमा भइराखेको छ कारोबार ?

    काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ९०० र चाँदी रु ४० ले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८४ हजार र त्यति नै परिमाणको सेतो धातुको भाउ

    Data is loading...

    Loading brands...

    Loading footer...