जेनजी आन्दोलनमा लुटिएका प्रहरीका पेस्तोल झापामा बरामद, तीन जना पक्राउ

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०९, मङ्गलबार

16
Share
Featured
  • जेन–जी आन्दोलनका क्रममा काठमाडौँ महानगरीय प्रहरी कार्यालयबाट लुटिएका दुई थान पेस्तोलसहित झापाको दमकबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
  • पक्राउ परेकामध्ये एक जनाको साथबाट हतियार फेला परेपछि गरिएको बयानका आधारमा दोस्रो पेस्तोल इलाममा बारीमा पुरेर लुकाइएको अवस्थामा प्रहरीले बरामद गर्‍यो।
  • बरामद दुवै पेस्तोल र २० राउण्ड गोलीसहित तीनै जनालाई थप कारबाहीका लागि काठमाडौँ पठाइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

जेनजी प्रदर्शनका क्रममा काठमाडौँस्थित महानगरीय प्रहरी कार्यालयबाट लुटिएका दुई थान पेस्तोलसहित प्रहरीले झापाको दमकबाट तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, पक्राउ पर्नेमा दमक–६ प्रशान्तिटोलका २९ वर्षीय विश्व लिङ्देन, दमक–९ का २६ वर्षीय सरोज पुरी र इलामको चुलाचुली गाउँपालिका–४ आइतबारेका ३० वर्षीय पवन हाङसुङ्वा रहेका छन् । प्रहरीले उनीहरूको साथबाट दुई थान टाइप–५४ चाइनिज पेस्तोल र २० राउण्ड गोली बरामद गरेको छ ।

लागुऔषध नियन्त्रण ब्यूरो, काँकरभिट्टा र इलाका प्रहरी कार्यालय, दमकको संयुक्त टोलीले गए राति दमक–८ मा डेरा गरी बस्ने सरोज पुरीलाई हिँडडुल गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो । उनको साथबाट एक थान पेस्तोल र १५ राउण्ड गोली बरामद भएपछि अनुसन्धान अगाडि बढाइएको थियो ।

प्रहरीको सोधपुछका क्रममा पुरीले अर्को हतियार विश्व लिङ्देनसँग रहेको बयान दिएका थिए । सोही बयानका आधारमा प्रहरीले लिङ्देनलाई उनको घरबाटै पक्राउ गर्‍यो । लिङ्देनले उक्त हतियार इलामका पवन हाङसुङ्वालाई २० हजार रुपैयाँमा बेचेको स्वीकार गरे ।

त्यसपछि प्रहरी टोली हाङसुङ्वाको घरमा पुगेर खानतलासी गर्दा उनको बारीमा खाल्डो खनेर रातो प्लास्टिकको झोलामा लुकाइएको अवस्थामा दोस्रो पेस्तोल फेला परेको थियो । उक्त पेस्तोलमा पाँच राउण्ड गोली लोड गरिएको अवस्थामा थियो ।

प्रहरीले हाङसुङ्वालाई पनि नियन्त्रणमा लिएको छ । बरामद गरिएका दुवै हतियार र २० राउण्ड गोलीसहित पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो समाचारमा

झापाचुलाचुली गाउँपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वर्षाले विभिन्न राजमार्ग प्रभावित, यि सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

    काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित भएका छन् । केही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ ।नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी काभ्रेपलान्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा हरेक दिन बेलुका

    Data is loading...

    Loading brands...

    Loading footer...