एनआरएनएमा बृहत् एकता अत्यावश्यक भइसक्यो : उपाध्यक्ष सुनील साह

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०८, सोमबार

15
Share
Featured
  • नेपालमा हालैको राजनीतिक परिवर्तनले एनआरएनएको बृहत् एकता आवश्यक बनाएको छ; सहमतिको माध्यमबाट संघले पुनर्निर्माण र विकासमा बलियो योगदान गर्न सक्ने।
  • सहमतिपत्र र एकता महाधिवेशनको म्यान्डेटअनुसार संघलाई स्वतन्त्र, स्वायत्त, गैरराजनीतिक, सामाजिक र परोपकारी संस्थाको रूपमा सुदृढ बनाउने प्रयास जारी।
  • व्यक्तिगत इगो र विगतका विवाद भुलेर विश्वभरका नेपालीको साझा संस्था हुने एनआरएनएमा संस्थागत एकता कायम गर्नु अपरिहार्य भएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

गैर आवासीय नेपाली संघ (एनआरएनए)का केन्द्रीय उपाध्यक्ष सुनील साहले नेपालमा हालै भएका राजनीतिक परिवर्तनको कारणले पनि गैर आवासीय नेपाली संघमा बृहत् एकता अत्यावश्यक भइसकेको बताएका छन्।

उनले आफु सधैं सहमतिको पक्षमा, जहिले पनि मिल्नुपर्छ भन्ने पक्षमा रहेको बताए । ‘नेपालको अहिलेको परिस्थितिमा  हामीले  पुनर्निर्माणमा सहयोग गर्नुपर्ने छ । एनआरएनएले काठमाडौँस्थित ट्राफिक प्रणालीको पुनर्निर्माणमा सहयोग गरेको छ । तर हामी एकताबद्ध भयौं भने अझ बलियो सहयोग गर्न सक्छौं,’ उनले भने ।  

सर्वोच्च अदालतको परमादेश अनुसार गठित उच्चस्तरीय समितिले गराएको एकता महाधिवेशनले गत मे महिनामा महेश कुमार श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको थियो। त्यसैले हाम्रो भनाइ चाहिं एकता महाधिवेशनको म्यान्डेट अनुसार नै  सहमति हुनु पर्छ भन्ने हो। एनआरएन नागरिकताको  कार्यान्वयनको लागि, नेपालको  विकास र समृद्धिको लागि पनि हामी मिलेर गयौं  भने मात्र हामीले आफ्नो लक्ष प्राप्त गर्न सक्छौं,’ उनले भने।

संघलाई एकताबद्ध बनाउन  एनसीसी संयुक्त राज्य अमेरिकाको गहन भूमिका रहने बताउंदै एनसीसी अमेरिकाका पूर्वअध्यक्ष रही सकेका साहले एनसीसी र केन्द्रमा पनि  एकता कायम गर्न आफुले सक्दो प्रयास गरिरहेको जनाए।  

संघका केन्द्रीय अध्यक्ष महेश कुमार श्रेष्ठको नेतृत्वमा गत १ नोभेम्बरमा तयार गरिएको सहमतिपत्रको मस्यौदाले एनआरएनएलाई पुनः साझा मञ्चमा ल्याउने  इमान्दार प्रयास गरेको बताउंदै साहले उक्त मस्यौदाले संघलाई यसको मूल मर्मअनुसार स्वतन्त्र, स्वायत्त, गैरराजनीतिक, सामाजिक तथा परोपकारी संस्थाको रुपमा सुदृढ बनाउने स्पष्ट मार्गचित्र प्रस्तुत गरेको जनाए ।

‘संघको १० औं महाधिवेशन पछि गठित विभिन्न समितिहरुको अस्तित्वलाई स्वीकार गर्दै  विगतमा  एनआरएन अभियन्ताहरुको योगदानलाई पनि हामीले सम्मान गर्नु पर्दछ ।  अदालतमा रहेका मुद्दाहरूलाई आपसी सहमतिमा फिर्ता लिएर संस्थागत एकताको  दिशामा ठोस कदम चल्न सकिन्छ,’ उनले भने  ।

‘एनआरएनए कुनै व्यक्ति वा समूहको मात्रै संगठन होइन, यो विश्वभरका नेपालीहरूको साझा संस्था  हो। त्यसैले व्यक्तिगत इगो र विगतका तीता मिठा घटनाक्रमलाई बिर्सेर संस्था र मातृभूमिको सर्वोपरि हितका लागि एकताबद्ध हुनुको विकल्प छैन,’ साहले भने।

यो समाचारमा

नेपालसर्वोच्च अदालतसंयुक्त राज्य अमेरिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...