भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा थप सहयोग, हालसम्म ९ करोड ३० लाख जम्मा

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०८, सोमबार

16
Share
Featured
  • भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सहयोग बढ्दै — एलआईसी नेपालले १ करोड १ लाख, र एफवान सफ्ट ग्रुपले ७५ लाख रुपैयाँ योगदान गरे।
  • दुवै संस्थाले अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई चेक/भौचर हस्तान्तरण गरी सहयोग उपलब्ध गराए।
  • हालसम्म कोषमा जम्मा भएको रकम कुल ९ करोड ३० लाख रुपैयाँ पुगेको अर्थ मन्त्रालयले जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सहयोग जुट्ने क्रम जारी छ । आइतबार लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले कोषमा १ करोड १ लाख रुपैयाँ जम्मा गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले अर्थमन्त्री रामेश्वर खनाललाई उक्त रकम बराबरको भौचर हस्तान्तरण गरेका हुन् ।

यसैगरी, एफवान सफ्ट ग्रुप (एफवान सफ्ट, इसेवा र फोनपे) ले पनि कर्मचारी तथा कम्पनीको तर्फबाट संयुक्त रूपमा ७५ लाख रुपैयाँ सहयोग गरेको छ । ग्रुपका अध्यक्ष सिद्धान्त ठकुरीले मंसिर ३ गते अर्थमन्त्रीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।

अर्थमन्त्री खनालले दुवै संस्थालाई सरकारको तर्फबाट धन्यवाद ज्ञापन गरेका छन् । अर्थ मन्त्रालयका अनुसार, आइतबारसम्म पुनर्निर्माण कोषमा कुल ९ करोड ३० लाख रुपैयाँ जम्मा भएको छ ।

यो समाचारमा

अर्थ मन्त्रालयरामेश्वर खनालकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सहरी क्षेत्रको डुबान रोक्न व्यास नगरपालिकाले फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना बनाउने

    तनहुँ । व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रणका कार्यक्रम अघि सारेको छ ।नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरभित्रका सडकलाई वर्षभरि नै सञ्चालनयोग्य बनाउने तथा योजनाबद्ध रूपमा स्तरोन्नति गर्ने नीति लिइएको जानकारी दिए । उनका अनुसार नगरभित्रका सडकको लगत कट्टा गर्दै आवश्यक सडकलाई

    Data is loading...

    Loading brands...

    Loading footer...