हिमाली गाउँ उमाकुण्डले दियो नागरिकलाई वडाबाटै सबै सरकारी सेवा

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०७, आइतबार

24
Share
Featured
  • उमाकुण्ड गाउँपालिकाले वडास्तरबाट सरकारी सेवा उपलब्ध गराउन एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ, जसले नागरिकलाई सदरमुकामसम्म नजाने सुविधा दिएको छ।
  • शिविरमार्फत नागरिकता, परिचयपत्र, उद्योग दर्ता, योजना सम्झौता, पशु औषधि वितरण लगायतका सेवाहरू उपलब्ध गराइएको छ।
  • यो कार्यक्रम लगातार ४ वर्षदेखि सञ्चालन हुँदै आएको छ र यसले नागरिकको समय, पैसा बचत गर्न तथा स्थानीय सरकारको नजिक हुने अनुभूति प्रदान गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

रामेछापको एक मात्र हिमाली गाउँपालिका उमाकुण्डले नागरिकलाई वडास्तरबाट नै सबै सरकारी सेवा दिन एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ । 

भौगोलिक हिसाबले विकट गाउँका नागरिकलाई सरकारी सेवा लिन सदरमुकामसम्म पुग्नु नपरोस् भनेर गाउँपालिकाको आयोजनामा सबै प्रशासनिक सेवा वडा कार्यालयबाट नै घुम्ती शिविर मार्फत दिइएको हो । 

शिविरमा नेपाली नागरिकताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, राष्ट्रिय परिचयपत्र, अपाङ्गता परिचयपत्र, उद्योग दर्ता तथा नवीकरण, योजना सम्झौता, पशुबस्तुको औषधि वितरण लगायतका सेवा दिइएको गाउँपालिका अध्यक्ष शेर बहादुर सुनुवारले बताए । यो कार्यक्रम गाउँपालिकाले लगातार ४ वर्षदेखि हरेक वर्ष सञ्चालन गर्दै आएको उनले जानकारी दिए । 

गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवारले गाउँपालिकाबाट सात आठवटा  सेवा लिएर नागरिकको घर दैलोमा पुगिएको बताइन् । यो सेवाले नागरिकको ठुलो रकम बचत भएको उनको भनाइ छ । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेलले गाउँपालिकाको केन्द्रमा आउन समेत चार घण्टा लाग्ने नागरिकलाई वडामा नै गएर दिने सेवाले निक्कै सहयोग पुगेको बताए । गाउँपालिकाको सानो खर्चले नागरिकले ठुलो सेवा पाएका उनले जानकारी दिए । 

जिल्ला प्रशासन कार्यालयको तर्फबाट नेपाली नागरिकताको प्रमाणपत्र राष्ट्रिय परिचयपत्र लगायतका कार्यक्रम लिएर उमाकुण्ड पुगेका अधिकृत भीमराज बस्नेतले सेवा लिने नागरिकहरूको उत्साहजनक सहभागिता रहेको बताए । रातिसम्म काम गरेर भए पनि नागरिकका काम सकेर मात्रै हिँड्ने गरेको उनले जानकारी दिए । 

उमाकुण्डा गाउँपालिकाको यो प्रयासले संविधानले परिकल्पना गरेको हेर्न सकिने, देख्नु सकिने, छुन सकिने र भेट्न सकिने स्थानीय सरकारको अनुभूति नागरिकलाई दिएको छ ।

यो समाचारमा

उमाकुण्डा गाउँपालिकाशेर बहादुर सुनुवारकाठमाडौँरामेछाप
हिमाली गाउँपालिका4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...