रामेछापमा आयुर्वेदिक उपचारप्रति बढ्दो आकर्षण

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०७, आइतबार

16
Share
Featured
  • रामेछापमा आयुर्वेदिक उपचार पद्धतिप्रति नागरिकको आकर्षण बढ्दै गएकाले गाउँ–गाउँमा स्वास्थ्य शिविरमा ठूलो भीड लाग्ने भएको छ।
  • आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले आठवटै स्थानीय तहमा निःशुल्क जाँच, परामर्श र औषधि वितरणसहित एक दिने स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना बनाएको छ।
  • उमाकुण्ड गाउँपालिका र अन्य स्थानीय तहसँगको सहकार्यमा सञ्चालन भएका शिविरमा एकै दिन तीनसयभन्दा बढीले सेवा लिएका छन्, र यस्ता कार्यक्रम निरन्तरता दिने जानकारी दिइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


रामेछापमा आयुर्वेदिक उपचार पद्धतिप्रति नागरिकको आकर्षण बढेको छ । ग्रामीण क्षेत्रमा सञ्चालन हुने आयुर्वेदिक उपचार शिविरमा समेत ठूलो सङ्ख्यामा सेवा लिनेहरूको भीड लागेको देखिन्छ । 

उक्त उपचार पद्धतिप्रति बढ्दो आकर्षणलाई ध्यानमा राखी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले गाउँ गाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको छ । ती शिविरमा सेवा लिन आउने मानिसहरूको बिहानदेखि साँझसम्म भीड लाग्ने गरेको छ । 

उमाकुण्डा गाउँपालिकाको सहकार्यमा सो गाउँपालिकाको केन्द्र प्रतिमा सञ्चालन गरेको शिविरमा एकै दिन तीनसय जनाले स्वास्थ्य सेवा लिएका थिए । सेवा लिन आउनेहरूको निःशुल्क जाँच, परामर्श तथा औषधि वितरण गरिएको थियो । 

आयुर्वेद उपचारको बारेमा जानकारी दिन तथा स्वास्थ्य सेवा प्रवाहको लागि यस वर्ष जिल्लाका सबै आठवटै स्थानीय तहमा एक दिने स्वास्थ्य शिविर सञ्चालन गरिने आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापको सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष नवराज पथिकले जानकारी दिए । 

आयुर्वेदिक उपचार पद्धतिबाट धेरै पुराना नसर्ने खालका रोगहरू निको हुने भएकोले गाउँपालिकाले चिकित्सालयसँग समन्वय गरी शिविर सञ्चालन गरिएको उमाकुण्ड गाउँपालिका अध्यक्ष शेर बहादुर सुनुवारले बताए । यस्ता कार्यलाई निरन्तरता दिने पनि उनले जानकारी दिए । 

चिकित्सालयले यस अघि सुनापती गाउँपालिकाको केन्द्र हिलदेवीमा पनि शिविर आयोजना गरेको थियो । सो शिविरमा दुई जनाले सेवा लिएका थिए । 

यस अघि खाँडादेवी विकास कोषसँगको सहकार्यमा खाँडादेवी मन्दिरमा सञ्चालन भएको शिविरमा १ सय बढीले सेवा लिएका थिए ।

यो समाचारमा

खाँडादेवीउमाकुण्डा गाउँपालिकासुनापती गाउँपालिकारामेछाप
शेर बहादुर सुनुवार5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...