राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको बिशिष्ट साधक सम्मान तीन श्रष्टालाई

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०७, आइतबार

30
Share
Featured
  • विशिष्ट साधक सम्मान–२०८२’ प्रदानी: राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले कला र संगीत क्षेत्रमा योगदान पु¥याएका भैरव बहादुर थापा, चन्द्रकला शाह र रेशम थापालाई सम्मान प्रदान गर्‍यो।
  • पहिला र दोस्रो संस्करणका प्राप्तकर्ता: २०८० मा खड्ग गर्बुजा, चैत्य देवी र शशी बिक्रम शाह तथा २०८१ मा भैरव रिसाल, माणिकरत्न स्थापित र प्रदिप कुमार उपाध्यायलाई सम्मान गरिएको थियो।
  • कार्यक्रम तथा राशी: सम्मानमा रु. ५५५५, दोसल्ला र सम्मानपत्र समावेश थियो । श्रष्टाहरुले घरमै गएर सम्मान गर्ने अभ्यास विशेष र सराहनीय भएको बताए, र कार्यक्रममा विभिन्न पदाधिकारी तथा कलाकारहरूको उपस्थिति थियो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले राष्ट्रलाई कला र संगीतको माध्यमबाट बिशिष्ट योगदान पुर्याएका तीन जना बिशिष्ट साधकहरुलाई ‘विशिष्ट साधक सम्मान–२०८२’ प्रदान गरेको हो ।

सम्मानबाट वरिष्ठ नृत्य निर्देशक एवं लोकनृत्य मन्चका प्रवर्तक भैरव बहादुर थापा, वरिष्ठ गायिका एवं साहित्यकार चन्द्रकला शाह र वरिष्ठ लोक गायक तथा संकलक रेशम थापा सम्मानित भएका हुन् ।

संस्थाको स्थापनाकालसँगै प्रदान गरिंदै आएको विशिष्ट साधक सम्मानको यो तेस्रो संस्करण हो। पहिलो संस्करण २०८० मा विशिष्ट साधक सम्मानबाट खड्ग गर्बुजा, चैत्य देवी र शशी बिक्रम शाह सम्मानित भएका थिए भने २०८१ मा भैरव रिसाल, माणिकरत्न स्थापित र प्रदिप कुमार उपाध्याय सम्मानित भएका थिए ।  पुरस्कार राशी भने ५५५५ नगद, दोशल्ला र सम्मानपत्र छ ।

पुरस्कृत एवं सम्मानित श्रष्टाहरुले आफ्नो मन्तव्य राख्दै श्रष्टाहरुको निवासमै पुगेर गरिने यो प्रकारको सम्मान नौलो र विशेष एवं तारिफयोग्य रहेको बताए ।

कार्यक्रममा संस्थाका सल्लाहकार रमेश दाहाल, वरिष्ठ संगीतकार एवं गायक कमल अधिकारी, संस्थाका अध्यक्ष नारायण बहादुर थापा, बरिष्ठ उपाध्यक्ष दिपक शर्मा, उपाध्यक्ष सुजाता केसी, महासचिव सनम कठायत, सचिव रिता केसी, कोषाध्यक्ष प्रतिक्षा काफ्ले, सदस्यहरु बिरेन्द्र भाट बिपिन, मनोज परियार, डेभिड शंकर, सुभाष तिम्सिना, कोपिला सिवाकोटी, प्रमोद डिजी र बिक्रान्त आचार्य लगायतको उपस्थिति रहेको थियो।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रधानमन्त्री बालेन शाहको 'सीमासम्बन्धी अभिव्यक्ति' संसद्को रेकर्डबाट हटाउन सांसदहरूको माग

    काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूले सुकुमवासीका समस्या तत्काल सम्बोधन गरी उचित व्यवस्थापनको माग गरेका छन् ।प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरूले आसनबाट उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले बोल्न समय दिँदै सुकुमवासी समस्या समाधानसहित समसामयिक विषयमा भनाइ राखेका हुन् ।सांसद गणेशसिंह ठगुन्नाले सुकुमवासीको समस्या बेलैमा सम्बोधन गर्न सरकारको ध्यानर्कषण गराए

    Data is loading...

    Loading brands...

    Loading footer...