आज नोभेम्बर २३: विश्व इतिहासमा

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०७, आइतबार

21
Share
Featured

काठमाडौँ

नोभेम्बर २३ तारिखले विश्व इतिहासमा भएका विभिन्न महत्त्वपूर्ण घटनाहरूको सम्झना गराउँछ । फिलिपिन्समा भएको नरसंहारदेखि वैज्ञानिक उपलब्धिसम्मका प्रमुख घटनाहरू यहाँ प्रस्तुत गरिएको छ:

सन् २००९: फिलिपिन्समा नरसंहार

फिलिपिन्सको मागुन्डानाओमा सर्वसाधारण र सञ्चारकर्मीसहित ५७ जनाको हत्या भयो । यो घटनालाई विश्व इतिहासमै एकैसाथ सबैभन्दा धेरै (३४ जना) सञ्चारकर्मी मारिएको घटना मानिन्छ ।

सन् २००५: लाइबेरियामा पहिलो महिला राष्ट्रपति

एलेन जोनसन सर्लिफ लाइबेरियाको राष्ट्रपतिमा निर्वाचित भइन् । उनी अफ्रिकी महादेशमै राष्ट्रपति निर्वाचित हुने पहिलो महिला हुन् । उनलाई सन् २०११ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

सन् १९७६: उपकरणबिना समुद्रमा १०० मिटर डाइभ

फ्रान्सका ज्याक्स मेयोलले श्वासप्रश्वास उपकरणबिना समुद्रमा १०० मिटर गहिराइसम्म डाइभ गरेर विश्व कीर्तिमान बनाए । ‘डल्फिन म्यान’ उपनामले चिनिने उनले पछि आफ्नै कीर्तिमान तोडेका थिए ।

सन् १९१०: स्विडेनमा अन्तिम मृत्युदण्ड

स्विडेनमा एक हत्याका दोषीलाई अन्तिम पटक मृत्युदण्ड दिइयो । यसपछि उक्त देशले क्रमशः सबै प्रकारका अपराधमा मृत्युदण्डको प्रावधान खारेज गर्‍यो ।

सन् १९४६: भियतनाममा ६ हजारको हत्या

फ्रान्सको सेनाले भियतनामको हाइफोङ बन्दरगाहमा अन्धाधुन्द बमबारी गर्दा करिब ६ हजार निहत्था नागरिकको हत्या भएको थियो ।

सन् २०२१: नासाको डार्ट मिसन प्रक्षेपण

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले भविष्यमा खतरनाक क्षुद्र ग्रहको ठक्करबाट पृथ्वीलाई जोगाउने उद्देश्यले ‘डार्ट मिसन’ प्रक्षेपण गर्‍यो ।

सन् २०२१: आइन्स्टाइनको पाण्डुलिपि कीर्तिमानी मूल्यमा बिक्री

महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको ‘थ्योरी अफ रिलेटिभिटी’ सम्बन्धी दुर्लभ पाण्डुलिपि १ करोड ३० लाख अमेरिकी डलरमा लिलाम भएको थियो ।

यो समाचारमा

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...