मनिष यादवको अध्यक्षतामा जसपा नेपालको ७९ सदस्यीय केन्द्रीय युवा संघ गठन

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०६, शनिबार

18
Share
Featured
  • जनता समाजवादी पार्टीले मनिष यादवको अध्यक्षतामा ७९ सदस्यीय समाजवादी युवा संघको केन्द्रीय तदर्थ समिति गठन गरेको छ।
  • उपाध्यक्ष, महासचिव, पाँच सचिव र कोषाध्यक्षसहित ११ सदस्यीय पदाधिकारी टोली घोषणा गरिएको छ, जसले मंसिर १५ मा औपचारिक रूपमा सपथ लिनेछ।
  • समितिलाई ६ महिनाभित्र वडादेखि केन्द्रसम्म संगठन निर्माण र निर्वाचन गराउने कार्यभार दिइएको छ, साथै संघले चाँडै भविष्यका कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

जनता समाजवादी पार्टी, नेपालको भातृ संगठन समाजवादी युवा संघ नेपालको केन्द्रीय तदर्थ समिति गठन भएको छ । 

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिले युवा नेता मनिष यादवको अध्यक्षतामा ७९ सदस्यीय केन्द्रीय समाजवादी युवा संघ गठन गरेको हो । 

संघको केन्द्रीय उपाध्यक्षमा रेणुराज सिंह, चिरञ्जिवी यादव र रविन पाख्रिन चयन भएका छन् भने दिपेन्द्र कापडीलाई महासचिवको जिम्मेवारी दिइएको छ ।

सौरभ शर्मा, कमल नेम्वाङ्, शिवराज बेघा, राजु यादव र विनय यादव गरी ५ जना सचिवमा चयन भएका छन् । शत्रुधन यादवलाई भने कोषाध्यक्षको जिम्मेवारी दिइएको छ । 

नवगठित केन्द्रीय युवा संघका ११ सदस्यीय पदाधिकारीसहित अन्य सबै सदस्यहरुको यही मंसिर १५ गते काठमाडौंमा एक औपचारिक कार्यक्रमकाबीच सपथ ग्रहण आयोजना गरिने समाजवादी युवा संघका ईन्चार्ज बिक्की यादवले जानकारी दिए । 

तदर्थ समितिलाई समाजवादी युवा संघको देशव्यापी मूल नेतृत्व निर्माण गर्न आगामी ६ महिनाभित्र वडादेखि केन्द्रसम्मै संगठन निर्माण गरी निर्वाचन गराउने कार्यभार तोकिएको ईन्चार्ज यादवले बताए ।

संघले संगठन निर्माण, बिस्तार एवं संघीय चुनाव केन्द्रीत छिट्टै आफ्नो भावी कार्ययोजना तथा कार्यक्रमहरु सार्वजनिक गरिने नवगठित जसपा नेपालको समाजवादी युवा संघका अध्यक्ष यादवले जानकारी दिए ।

युवा संघले देशैभरी वडा, पालिका, क्षेत्र, जिल्ला, प्रदेश र केन्द्र स्तरीय संगठन निर्माण एवं बिस्तार, युवा अभियान सुदृढीकरण तथा आगामी निर्वाचन केन्द्रीत पार्टीको वैचारिक तथा राजनीतिक कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने महत्वपूर्ण दायित्व पाएको छ ।

यो समाचारमा

जनता समाजवादी पार्टी, नेपालकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...