एमालेको प्रदर्शन र रथयात्राले उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०६, शनिबार

10
Share
Featured
  • नेकपा एमालेको कार्यक्रमका कारण प्रदर्शनीमार्ग क्षेत्रमा सवारी साधनलाई पद्यमोदय मोड र सभागृहतर्फ डाइभर्सन गरिएको छ।
  • टुँडिखेल, भोटाहिटी, रणोदिप/महेन्द्र शालिक र पुतलीसडक क्षेत्रमा आवागमन प्रभावित भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ।
  • माइतीघर, सामाखुसी र चावहिल–जोरपाटी क्षेत्रमा भीड वा रथयात्राले केही असर गरे पनि उपत्यकाका बाकी सवारी आवागमन सामान्य रहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौं उपत्यका, ट्राफिक प्रहरी कार्यालयले नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यक्रमका  कारण  काठमाडौँको प्रदर्शनीमार्ग  हुँदै  चल्ने  सवारी  साधनलाई यतिबेला डाईभर्सन  गरिएको  जानकारी गराएको छ । उक्त  स्थान  हुँदै  चल्ने  सवारी  साधनलाई  पद्यमोदय मोड र  सभागृहतिरबाट  डाईभर्सन  गरिएको  हो   । 

प्रदर्शनका कारण  टुँडिखेल  वरिपरी, भोटाहिटी, रणोदिप वा महेन्द्र शालिक  र  पुतलीसडक भएर चल्ने  सवारी  साधनको आवागमनमा पनि  प्रभाव परेको हुनाले सहज यात्राका लागि  उक्त सडकको  विकल्पमा अन्य  सडकको प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध  गरेको छ ।  

मानिसहरू  भेला वा जम्मा भएकाले काठमाडौँको  माइतीघर चोकबाट  सर्भिस  लेन  हुँदै  थापाथलीतर्फ जाने सवारी साधनलाई मुख्य लेनबाट पठाइएको छ । 

त्यसैगरी, सामाखुसी चोकमा मानिसहरु भेला जम्मा भएकाले र  चावहिल चोकबाट जोरपाटी सम्मको लागि रथयात्रा भइरहेकाले सवारी आवागमनमा केही प्रभाव परेको छ । यसबाहेक काठमाडौँ उपत्यकाको अन्य स्थानको सवारी आवागमन यतिबेला सामान्य रहेको छ । 

विभिन्न नाकाहरू हुँदै काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारी साधन पनि सामान्य रुपमा चलिरहेका छन् ।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सहरी क्षेत्रको डुबान रोक्न व्यास नगरपालिकाले फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना बनाउने

    तनहुँ । व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रणका कार्यक्रम अघि सारेको छ ।नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरभित्रका सडकलाई वर्षभरि नै सञ्चालनयोग्य बनाउने तथा योजनाबद्ध रूपमा स्तरोन्नति गर्ने नीति लिइएको जानकारी दिए । उनका अनुसार नगरभित्रका सडकको लगत कट्टा गर्दै आवश्यक सडकलाई

    Data is loading...

    Loading brands...

    Loading footer...