सिमरामा जेनजी समूह र प्रशासनबीच वार्ता : अवस्था सामान्य बनाउने प्रयास जारी

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०५, शुक्रबार

24
Share
Featured
  • सिमरामा बुधबारदेखि बढेको विवाद र तनावलाई साम्य पार्न स्थानीय प्रशासन र जेन–जी समूहका अगुवाहरू छलफलमा जुटेका छन्।
  • विवाद एमाले नेता–कार्यकर्ताद्वारा जेन–जी युवाको कुटपिटपछि सुरु भएको थियो र प्रदर्शनमा टायर बालेर सडक अवरुद्ध गरिएको थियो।
  • प्रशासनले उजुरीका आधारमा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ र वार्ता मार्फत स्थिति सामान्यीकरण गर्ने प्रयास भइरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


बाराको सिमरा क्षेत्रमा बुधबारदेखि चर्किएको विवाद र तनावलाई साम्य पार्न स्थानीय प्रशासन र जेन–जी समूहका अगुवाहरू छलफलमा जुटेका छन् । 

प्रमुख जिल्ला अधिकारी (प्रजिअ) धर्मेन्द्रकुमार मिश्रका अनुसार दुवै पक्षबीचको वार्ता पथलैयास्थित सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालयमा केहीबेरमा हुँदैछ ।

यसअघि जिल्ला प्रशासन कार्यालयले बिहीबार नै प्रदर्शनकारीहरूलाई औपचारिक वार्ताका लागि आह्वान गरेको थियो, तर जेन–जी समूहले वार्ता सिमरा आसपास क्षेत्रमै हुनुपर्ने माग राखेका थिए। प्रजिअ मिश्रले भने, ‘जिल्ला सुरक्षा समिति र जेन–जी अगुवाहरूबीच हुन सक्ने आपसी असमझदारी हटाउन छलफल गर्न लागिएको हो। यसले स्थिति सामान्यीकरण गर्न सहयोग पुग्ने विश्वास छ ।’

प्रदर्शनको नेतृत्व गरिरहेका केही जेन–जी अगुवाहरू छलफलका लागि आउने जानकारी आफूले पाएको प्रजिअ मिश्रले जनाएका छन्।सिमरामा विवाद बुधबार एमाले नेता–कार्यकर्ताले जेन–जी युवालाई कुटपिट गरेपछि बढेको थियो । जेन–जी युवाहरूले कफ्र्यू आदेशको अवज्ञा गर्दै वीरगञ्ज–पथलैया सडकखण्डको सिमरा चोकमा टायर बालेर प्रदर्शन जारी राखेका थिए ।

जेन–जीहरूको उजुरीका आधारमा प्रशासनले जितपुर सिमरा उपमहानगरपालिकाका एमालेबाट निर्वाचित दुई वडाध्यक्ष र अर्का एक स्थानीय युवा नेतासहित तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

यो समाचारमा

सशस्त्र प्रहरी बलकाठमाडौँबारानेपाल
सिमरा4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सहरी क्षेत्रको डुबान रोक्न व्यास नगरपालिकाले फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना बनाउने

    तनहुँ । व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रणका कार्यक्रम अघि सारेको छ ।नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरभित्रका सडकलाई वर्षभरि नै सञ्चालनयोग्य बनाउने तथा योजनाबद्ध रूपमा स्तरोन्नति गर्ने नीति लिइएको जानकारी दिए । उनका अनुसार नगरभित्रका सडकको लगत कट्टा गर्दै आवश्यक सडकलाई

    Data is loading...

    Loading brands...

    Loading footer...