विवाह गर्ने उपयुक्त समय र विधि के हो ?

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०५, शुक्रबार

30
Share
Featured
  • विवाहका लागि उत्तरायण समयलाई बढी शुभ मानिन्छ, तर दक्षिणायनमा पनि विवाह गर्न सकिन्छ; मुख्य कुरा तुलसी विवाह र अग्नि साक्षी हुनुपर्छ।
  • विवाह व्यक्तिगत र राशिसँग मेल खाने लग्न अनुसार हुनुपर्छ; एकजना लग्न अनुकूल भएको बेला अर्काको पनि स्वतः मिल्ने भन्ने कुरा गलत हो।
  • धार्मिक रूपमा, पर्वहरू (अक्षय तृतीया, राम नवमी, सरस्वती पूजा) पवित्र मानिन्छन्, तर विवाहको मुख्य आधार अग्नि जुर्नु र हवन गर्नु हो; महिनाका सीमित समयमा अग्नि नजुर्ने कारणले मात्र विवाह नगर्ने चलन आएको हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


मंसिर विवाहको मौसम हो  विवाह गर्नलाई विशेष गरी उत्तरायण र दक्षिणायन भन्ने हुन्छ । अहिले दक्षिणायन छन् । माघबाट उत्तरायण हुन्छन् । सकेसम्म उत्तरायणमा विवाह गर्नु उपयुक्त ठानिन्छ । दक्षिणायनमा सकेसम्म विवाह नगर्नु भन्ने चलन छ । तर, विवाह गर्नलाई तुलसी विवाह भएपछि उत्तरायण सम्पन्न हुने भएकाले नहुने कुरा छैन । तर दक्षिणायनमा पनि विवाह गर्न मिल्छ र उत्तरायणमा विशेष गरी माघपछिको विवाहलाई बढी उत्तम मान्ने चलन छ ।

विवाहका विधि धेरै छन्, गन्धर्व विवाहदेखि लिएर विभिन्न किसिमका विवाह छन् । अहिलेको प्रेम विवाह बढी चलेको छ । गन्धर्व विवाहलाई त कसले रोक्न सक्छ र ? किनकि जतिखेर दुई जनाको कुरा मिल्यो विवाह भइहाल्छ । त्यसकारण विवाह भनेको दुई मनको मिलन पनि हो । सामाजिक रूपमा यसरी यो बेलामा गर्ने भनेको सामाजिक मान्यताका आधारमा मात्र हो । धार्मिक हिसाबले यो महिनामा गर्ने वा नगर्ने भन्ने कुरै छैन् । तर चतुर्मासभरि नगर्दा हुन्छ । किनकी नारायण साक्षी नहुँदा र हिन्दु धर्मअनुसार चतुर्मासभरी नगर्दा उत्तम हुन्छ । 

विवाह गर्ने जोडीको लग्न राशि हुन्छ । त्यो राशिसँग मेल खाने अर्को राशि हुन्छ । १२ वटा राशि हुन्छ, १२ राशि घुमिरहन्छ २४ घण्टाभित्रमा त्यो कुन राशि उसको लागि उत्तम हुन्छ, शुभ हुन्छ भन्ने हो । अब त्यो शुभ हुने बेलामा विवाह गर्नुपर्छ भनेर लग्न जुराउने हो । त्यस कारण एउटालाई लग्न जुराएको  समयमा अर्कोलाई पनि जुर्छ भन्ने चलन छ, त्यो गलत हो । प्रत्येक व्यक्तिगत रूपमा लग्न जुर्नुपर्छ । एउटाको लग्न जुरेको छ, पल्लो घरमा बिहे गरिहेको छ भने यता पनि गर्न भइहाल्छ नि भन्ने चलन छ । त्यो पनि गलत हो । 

विभिन्न पर्वहरु विवाहका लागि उपयुक्त मानिन्छन् । अक्षय तृतीयालाई शिव र पार्वतीको विवाह भएको दिनलाई मानिन्छ । राम नवमी भनेको रामले विजय हासिल गरेको दिन हो । यी हर्षोल्लासका पर्व पनि हुन् । सरस्वती पूजा वा वसन्त पञ्चमी पर्वहरू आफैँमा शुद्ध र पवित्र मानिन्छन् । यस्ता पवित्र दिनहरूलाई तिथि–मिति जुराइरहनु पर्दैन ।

वास्तवमा विवाह भनेको अग्नि साक्षी राखेर गर्नुपर्ने कार्य हो । यसमा हवन गर्नुपर्ने हुन्छ ।  अग्नि जुर्नैपर्छ । अग्नि नजुर्दासम्म विवाह सम्पन्न हुँदैन । अग्नि नजुर्ने अवसरहरु पर्छन् । त्यो बेला विवाह गरिदैन् । हाम्रो सांस्कृतिक विभेद ल्याउन, एक आपसमा द्वन्द्व ल्याउनको लागि कतिपय कुराहरु आउने गर्छन् । पुष, चैत, कार्तिकमा विवाह गर्नु हुँदैन् भनेर भन्नु त्यति जायज होइन् । हिन्दु धर्मले कसैलाई पनि निन्दा वा भत्र्सना आदि इत्यादि गर्दैन । विशेष हिन्दु परम्पराअनुसार अग्नि नजुरेसम्म विवाह गर्न नहुने भएकाले ती महिनाहरूमा खासगरी अग्नि जुर्दैनन् । अग्नि नजुर्ने भएको हुनाले विवाह नगरिएको हो । 

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    आज शनिबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् राशिफल

    काठमाडौँ।मेषः प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्न सक्छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ सामाजिक दायित्व समेत बढ्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। साँझतिर मनग्य धनलाभ हुने ग्रहयोग देखिन्छ।वृषः सहयोगीहरूले

    Data is loading...

    Loading brands...

    Loading footer...