सर्लाहीमा ट्याक्टरले किचेर चार बर्षिय बालकको मृत्यु

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०५, शुक्रबार

20
Share
Featured
  • सर्लाहीको हरिपुर्वा–३ मा ट्याक्टरको ट्रलीले किच्दा ४ वर्षीय आर्यन रायको मृत्यु भएको छ।
  • घरमा ट्याक्टर पार्किङ गर्दा ट्रलीमा चढेका बालक खस्दा चक्काले किचेको जिल्ला प्रहरीले जनाएको छ।
  • चालक फरार रहेका छन्, शव प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ र घटनाबारे अनुसन्धान जारी छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


सर्लाहीमा ट्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको हरिपुर्वा नगरपालिका–३, धनकौल निवासी राम प्रवेश रायका छोरा चार वर्षीय आर्यन राय रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गएराति अस्थायी नम्बर प्लेट (ना.अ.प.अ.) ३७८ नम्वरको ट्याक्टरको ट्रलीले किचेर उनको मृत्यु भएको हो। घरमा पार्किङ गर्ने क्रममा ट्रलीमा चढेका बालक त्यहाँबाट खस्दा ट्रलीको चक्काले किचेर उनको मृत्यु भएको हो ।

मृतक बालकको शव पोस्टमार्टमका लागि सदरमुकाम मलंगवा नगरपालिकास्थित प्रादेशिक अस्पतालमा राखिएको छ । दुर्घटनापछि चालक फरार भएका छन् भने उनको खोजि कार्य भईरहेको छ । यस सम्बन्धि अनुसन्धान भईरहेको छ ।

यो समाचारमा

मलंगवा नगरपालिकाकाठमाडौँसर्लाहीहरिपुर्वा नगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...