देउवा र प्रचण्डको जलेको घरमा ठूलो रकम रहेको फरेन्सिक रिपोर्टले गर्‍यो पुष्टि

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०४, बिहिबार

26
Share
Featured
  • जेनजी आन्दोलनका क्रममा जलेका कांग्रेस सभापति देउवा, नेकपा संयोजक प्रचण्ड र नेता दीपक खड्काको घरको खरानीमा ठूलो परिमाणमा पैसाको अवशेष भेटिएको पुष्टि भएको छ।
  • सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले संकलित खरानीको फरेन्सिक परीक्षण गर्दा पैसा रहेको देखिएको भए पनि कति रकम थियो निश्चित गर्न कठिन भएको जनाएको छ।
  • राष्ट्र बैंक र सीआईबीसहितको संयुक्त टोली घटनाको थप अनुसन्धान गरिरहेको छ; थप प्रमाण संकलन पछि नेताहरूसँग बयान लिइने छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जेनजी आन्दोलनका क्रममा जलेका कांग्रेस सभापति शेर बहादुर देउबा, नेकपा संयोजक पुष्पकमल दाहालपुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता दिपक खड्काको घरको खरानीमा ठूलो परिमाणमा पैसाको अवशेष भेटिएको पुष्टि गरेको छ ।

विभागले नेताहरूको जलेको घरबाट संकलन गरेको खरानीको फरेन्सिक ल्याब परीक्षण गराउँदा यस्तो तथ्य खुलेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को ल्याब रिपोर्टले खरानीमा प्रशस्त मात्रामा पैसाको अवशेष रहेको देखाएको छ । यद्यपि, रकम पूर्ण रूपमा जलेर नष्ट भएकाले के-कति थियो भनेर यकिन गर्न भने कठिन भएको विभागले जनाएको छ ।

जेनजी आन्दोलनका क्रममा नेताहरूका घर जलेपछि त्यहाँ पैसाका चाङ रहेको र ती जलेको भन्दै भिडियोहरू सार्वजनिक भएका थिए । सोही आधारमा विभागले खरानी बरामद गरी अनुसन्धान अघि बढाएको थियो ।

विभागको नेतृत्वमा राष्ट्र बैंक र सीआईबीसहितको संयुक्त टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ । थप प्रमाण संकलन गरेपछि नेताहरूसँग बयान लिइने विभागले जनाएको छ ।

यो समाचारमा

शेर बहादुर देउबाकाठमाडौँदिपक खड्कापुष्पकमल दाहाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन, ब्रान्डिङ र बजार विस्तारका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताएका छन्। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारीहरूसँगको छलफलमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।प्रधानमन्त्री शाहले आयात प्रतिस्थापन र रोजगारी सिर्जनाका लागि सरकारले

    Data is loading...

    Loading brands...

    Loading footer...