कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०४, बिहिबार

16
Share
Featured
  • नेपाली कांग्रेसको आज २ बजे बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित भई अब शनिबार १ बजे बस्ने भयो।
  • महाधिवेशनको मिति टुंगो नलागेकै कारण असोज २८ देखि बैठक लगातार स्थगित हुँदै आएको छ।
  • संस्थापन पक्ष फागुन २१ को चुनावपछि महाधिवेशन चाहन्छ; जबकि इतर समूह चुनावअघि नै नियमित वा विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित गरिएको छ । आज दिउँसो २ बजे बस्ने तय भएको बैठक शनिबार १ बजे बस्ने गरी स्थगित गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।

असोज २८ गतेबाट जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठक महाधिवेशन मितिमा निर्णय लिन नसक्दा स्थगित हुँदै आएको छ । पार्टीमा महाधिवेशनको मितिबारे एकमत छैन । संस्थापन फागुन २१ को चुनावपछि महाधिवेशन गराउने पक्षमा छ । महामन्त्रीद्वयलगायतका इतरसमूह चुनावअघि नियमित महाधिवेशन वा विशेष महाधिवेशनको पक्षमा छन् ।

यो समाचारमा

काठमाडौँनेपाली काँग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    हेलिकोप्टर, ड्रोन र राफ्टिङ सेवा निःशुल्क उपलब्ध गराउने गरी तीन संस्थासँग प्राधिकरणको समझदारी

    काठमाडौं । विपद्‌मा परेका व्यक्तिको खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वायुसेवा सञ्चालक संघ नेपाल, नेपाल ड्रोन संघ र नेपाल एसोसिएसन अफ राफ्टिङ्ग एजेन्सिज् (नारा)सँग समझदारी पत्र (एमओयू)मा हस्ताक्षर गरेको छ।प्राधिकरणमा बुधबार आयोजित कार्यक्रममा भएको सम्झौताअनुसार वायुसेवा सञ्चालक संघले काठमाडौं उपत्यकाभित्र उद्धार उडान

    Data is loading...

    Loading brands...

    Loading footer...