'मताधिकारको अवसर नगुमाउनुस्'-गृहमन्त्री अर्याल

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०३, बुधबार

17
Share
Featured
  • गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ को निर्वाचनका लागि सबै नागरिकलाई मतदाता नामावलीमा दर्ता हुन अपिल गरेका छन्।
  • उनले मतदाता दर्ता लोकतन्त्र र पारदर्शी निर्वाचनको पहिलो चरण भएको उल्लेख गर्दै, अनलाइन र आयोग कार्यालयमार्फत दर्ता गर्न सकिने जानकारी दिए।
  • दर्ता समय मंसिर ५ सम्म बढाइएको स्मरण गराउँदै, मताधिकार नचुकाउन नागरिकलाई अवसर उपयोग गर्न आग्रह गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गराउन सबै नागरिकलाई अपिल गरेका छन् ।

एक भिडियो सन्देश जारी गर्दै उनले निर्वाचन लोकतन्त्रको आधारशिला भएकाले मताधिकारको अवसर नगुमाउन आग्रह गरेका हुन् । गृहमन्त्री अर्यालले वर्तमान सरकार सुशासन कायम गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको बताए ।

उनले निर्वाचनलाई व्यवस्थित र पारदर्शी बनाउने पहिलो चरण नै मतदाता नामावली दर्ता भएको उल्लेख गरे ।

राष्ट्रिय परिचयपत्र भएका नागरिकले अनलाइनबाटै र अन्यले निर्वाचन आयोगको कार्यालयमा गएर नाम दर्ता गराउन सक्ने व्यवस्था रहेको उनले जानकारी दिए ।

सरकारले नाम दर्ताको समय मंसिर ५ गतेसम्म थप गरेको स्मरण गराउँदै उनले यो अवसरको फाइदा उठाउन सबैलाई आग्रह गरेका छन् ।

यो समाचारमा

ओमप्रकाश अर्यालकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...