सर्वोच्चको आदेशले मधेशमा अन्योल,मुख्यमन्त्रीलाई नीतिगत निर्णयमा रोक

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०३, बुधबार

11
Share
Featured
  •  सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई मुद्दाको अन्तिम टुंगो नलगुञ्जेसम्म कुनै दीर्घकालीन वा नीतिगत निर्णय नगर्न रोक लगाएको छ।
  • आदेशपछि यादव समर्थकले मुख्यमन्त्री पद सुरक्षित भएकोमा खुशी व्यक्त गरेका छन् भने विपक्षी गठबन्धनले मुख्यमन्त्रीको अधिकार कटौतीलाई आफ्नो जित मानेर विश्वासको मतको प्रतिवाद गर्ने बताएका छन्।
  • मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक भएको दाबी गर्दै ७ दलका ७४ प्रदेश सभा सदस्यले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए; अन्तिम सुनुवाइ मंसिर ११ मा हुने तय गरिएको छ।

समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिसम्बन्धी विवादमा सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशले प्रदेशमा राजनीतिक अन्योल बढाएको छ । अदालतले मुद्दाको अन्तिम टुंगो नलागेसम्म मुख्यमन्त्री यादवलाई कुनै पनि नीतिगत र दीर्घकालीन असर पर्ने निर्णय गर्न रोक लगाएको छ । आदेशपछि सत्तापक्ष र विपक्षी दुवैले आफ्नो जित भएको दाबी गरेका छन् ।

न्यायाधीशद्वय डा. नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले मंगलबार उक्त आदेश जारी गर्दै मुद्दाको अन्तिम सुनुवाइका लागि मंसिर ११ गतेको मिति तोकेको छ ।

मुख्यमन्त्री पद तत्कालका लागि सुरक्षित भएपछि यादव समर्थक नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता–कार्यकर्ताले खुसी व्यक्त गरेका छन् । यता, विपक्षी गठबन्धनले पनि मुख्यमन्त्रीको अधिकार कटौती हुनुलाई आफ्नो जित मानेको छ । उनीहरूले अब मुख्यमन्त्रीले प्रदेश सभामा विश्वासको मत लिन आएमा त्यसको प्रतिवाद गर्ने बताएका छन् ।

मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक भएको दाबी गर्दै ७ दलका ७४ जना प्रदेश सभा सदस्यले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।



यो समाचारमा

सर्वोच्च अदालतमधेश प्रदेशनेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिपक्षको अवरोधपछि मधेश प्रदेशसभामा नयाँ मोड, बजेट विवाद मिलाउन सांसदहरूको कार्यदल गठन

    धनुषा । मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गरिएको छ ।मधेश प्रदेशसभाको आइतबारको बैठकमा सभामुख रामअशिष यादवले आजैदेखि कार्य प्रारम्भ गर्ने गरी प्रदेशसभा सदस्यहरु उपेन्द्र महतो, हरिनारायण महतो, जंगीलाल राय, प्रमोदकुमार यादव, सञ्जयकुमार यादव, बिमला अन्सारी तरुन्म र सरिताकुमारी ठाकुर

    Data is loading...

    Loading brands...

    Loading footer...