पेट्रोल–डिजेल गाडीलाई विद्युतीयमा रूपान्तरण गर्न बाटो खुल्यो-मन्त्री पुन

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०३, बुधबार

33
Share
Featured
  • शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पुराना पेट्रोल–डिजेल गाडीलाई विद्युतीयमा रूपान्तरण गर्ने प्रक्रिया अब आधिकारिक रूपमा खुला हुने घोषणा गरे।
  • वर्षौंदेखि कानुनी अवरोधका कारण पुराना कार, जीप र भ्यानलाई ब्याट्रीबाट चल्ने बनाउने कार्य रोकिएको थियो; अब सरकारले कानुनी अनुमति दिने तयारीमा छ।
  • नेपालका इन्जिनियर र प्राविधिकहरूले विकास गरेको विद्युतीय रूपान्तरण प्रविधि अब प्रयोगमा ल्याउन सकिने र अनुमति सहज हुने मन्त्री पुनले बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पुराना पेट्रोल–डिजेलबाट चल्ने गाडीलाई विद्युतीयमा रूपान्तरण गर्ने प्रक्रिया अब आधिकारिक रूपमा खुला हुने घोषणा गरेका छन् ।

उनले वर्षौंदेखि रोकिएको इन्जिन गाडीलाई ब्याट्रीबाट चल्ने बनाउने कार्यलाई सरकारले कानुनी रूपमा अनुमति दिने व्यवस्था अन्तिम चरणमा पुगेको बताएका हुन् ।

मन्त्री पुनका अनुसार, नेपालका धेरै इन्जिनियर तथा प्राविधिकहरूले पुराना कार, जीप र भ्यानलाई विद्युतीयमा बदल्ने प्रविधि विकास गरिसके पनि कानुनी अवरोधका कारण काम गर्न पाएका थिएनन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, "यसअघि लोभी–पापीहरूले अनेकौँ नियम–कानुन देखाएर कसैलाई त्यस्तो गर्न अनुमति दिएका थिएनन्। अब नेपाल सरकार, यातायात मन्त्रालयले सो कार्यको अनुमति दिने व्यवस्था गर्छ।"

यो समाचारमा

काठमाडौँमहावीर पुन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सहरी क्षेत्रको डुबान रोक्न व्यास नगरपालिकाले फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना बनाउने

    तनहुँ । व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रणका कार्यक्रम अघि सारेको छ ।नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरभित्रका सडकलाई वर्षभरि नै सञ्चालनयोग्य बनाउने तथा योजनाबद्ध रूपमा स्तरोन्नति गर्ने नीति लिइएको जानकारी दिए । उनका अनुसार नगरभित्रका सडकको लगत कट्टा गर्दै आवश्यक सडकलाई

    Data is loading...

    Loading brands...

    Loading footer...