कृषि उपज बजारसम्म पुर्‍याउन 'कृषि एम्बुलेन्स', सरकारले १८ पालिकालाई पठायो २ करोड ७० लाख

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०३, बुधबार

19
Share
Featured
  • सरकारले १८ पालिकालाई प्रतिपालिका १५ लाखका दरले कुल २ करोड ७० लाख रुपैयाँ सहयोग उपलब्ध गराउँदै ‘कृषि एम्बुलेन्स’ कार्यक्रम विस्तार गरेको छ।
  • संघ–स्थानीय तह साझेदारीमा सञ्चालन हुने एम्बुलेन्सले विशेषगरी दुर्गम क्षेत्रका किसानका दूध, तरकारी, फलफूललगायत उपज बजारसम्म पुर्‍याउन सहयोग गर्नेछ।
  • सेवा शुल्क, जनशक्ति व्यवस्थापन र कार्यविधि तोक्ने जिम्मा सम्बन्धित पालिकाकै हुनेछ; कार्यक्रमले किसानलाई व्यावसायिक कृषितर्फ प्रोत्साहित गर्ने विश्वास गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

सरकारले किसानका कृषि उपजलाई बजारसम्म सहज पहुँच पुर्‍याउने उद्देश्यले 'कृषि एम्बुलेन्स' कार्यक्रममा लगानी विस्तार गरेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशका विभिन्न १८ वटा पालिकालाई कृषि एम्बुलेन्स सञ्चालनका लागि प्रतिपालिका १५ लाख रुपैयाँका दरले कुल २ करोड ७० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।

संघीय सरकार र स्थानीय तहको लागत साझेदारीमा सञ्चालन हुने यो एम्बुलेन्सले विशेषगरी विकट क्षेत्रका किसानले उत्पादन गरेको दूध, तरकारी, फलफूल लगायतका उपजलाई बजारसम्म ढुवानी गर्न सहयोग गर्नेछ ।

एम्बुलेन्स सञ्चालनका लागि आवश्यक कार्यविधि, जनशक्ति व्यवस्थापन र सेवा शुल्क निर्धारण जस्ता काम सम्बन्धित पालिकाले नै गर्ने मन्त्रालयले जनाएको छ । यो कार्यक्रमले किसानलाई व्यावसायिक खेतीतर्फ प्रोत्साहन गर्ने र कृषि उपजको बजारीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

यो समाचारमा

कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...