पार्टी फुट्दैन, ‘हामी न झुक्छौँ, न झुक्किन्छौँ : गगन थापा

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०२, मङ्गलबार

11
Share
Featured

काठमाडौँनेपाली काँग्रेसका महामन्त्रीगगन थापाले अधिवेशनसम्बन्धीको विवाद लम्बिँदै गइरहेका बेला आफूहरू न झुक्ने, न झुक्किने बताएका छन् ।

आगामी पुस १६ देखि नियमित महाधिवेशन नभए विशेष महाधिवेशनमा जानुपर्ने बताइरहेका बेला उनले मंगलबार समाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश जारी गर्दै आफूहरू न झुक्ने, न झुक्किने बताएका हुन् ।

कांग्रेसभित्र अहिलेको बहस अधिवेशनको मितिमात्र नभएर पार्टी सुधारको दिशाबारे भएको बताएका छन् । ‘नागरिकले दिएको सन्देश स्पष्ट छ, पुरानै शैलीले अब काम चल्दैन । सुधार गरेर मात्र विश्वास फर्किन्छ,’ थापाले भनेका छन् ।

महामन्त्री थापाले पार्टीका नेता–कार्यकर्ताहरूलाई धैर्य राख्न अनुरोध पनि गरेका छन् । आगामी प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नयाँ ऊर्जा र सुधारिएर जाने पनि प्रष्ट्याएका छन् ।

‘पार्टीका सबै साथीहरूलाई धैर्य राख्न अनुरोध छ, हामी निर्वाचनमा जानेछौँ, तर नयाँ ऊर्जा र सुधारिएको कांग्रेसका साथ । सत्यको पक्षमा उभिँदा पार्टी फुट्दैन, अझ बलियो बन्छ,’ उनले भनेका छन्, ‘हामी न झुक्छौँ, न झुक्किन्छौँ ।’

यो समाचारमा

नेपाली काँग्रेसगगन थापाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...