नेपाल प्रिमियर लिगको दोस्रो दिन: आज को-को भिड्दैछन्?

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०२, मङ्गलबार

23
Share
Featured
  • कीर्तिपुर त्रिवि क्रिकेट मैदानमा चितवन राइनोज vs कर्णाली याक्स बिहान ११:४५ बजे, र विराटनगर किंग्स vs पोखरा एभेन्जर्स दिउँसो ४ बजे हुने।
  • चितवन राइनोजको कप्तान कुशल मल्ल, कर्णाली याक्सको कप्तान सोमपाल कामी; विराटनगर किंग्सको कप्तान सन्दीप लामिछाने, पोखरा एभेन्जर्सको कप्तान कुशल भुर्तेल।
  • उद्घाटन खेलमा काठमाडौं गोर्खाजले जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गरे; प्रतियोगिता मंसिर २७ गतेसम्म ८ फ्रेन्चाइज टोलीको सहभागितामा जारी रहनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण अन्तर्गत आज दुईवटा खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने दिनको पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ । कुशल मल्लको कप्तानीमा रहेको चितवन र सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीबीचको खेल बिहान ११:४५ बजे सुरु हुनेछ ।

त्यस्तै, आजै हुने दोस्रो खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्स र कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा एभेन्जर्स भिड्नेछन् । यो खेल दिउँसो ४ बजे सुरु हुनेछ ।

यसअघि सोमबार भएको उद्घाटन खेलमा काठमाडौं गोर्खाजले साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो ।

मंसिर २७ गतेसम्म चल्ने प्रतियोगितामा ८ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ ।

यो समाचारमा

सन्दीप लामिछानेकाठमाडौँजनकपुरचितवन
क्रिकेट5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...