नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आजदेखि सुरु

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०१, सोमबार

20
Share
Featured
  • नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको एनपीएल दोस्रो संस्करण आजदेखि टियु मैदानमा सुरु हुँदैछ, जहाँ जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच उद्घाटन खेल हुनेछ।
  • ८ टिम सहभागी लिगमा ३२ खेल हुने छन् र अधिकांश खेल नवनिर्मित फ्लडलाइटमा खेलिनेछन्; फाफ डु प्लेसिस, जेसन रोय, क्रिस लिन, इमरान ताहिरसहित ४०+ विदेशी खेलाडी आकर्षण हुन्।
  • लिग चरण डिसेम्बर ७ सम्म, प्लेअफ ९–११ डिसेम्बर, र फाइनल डिसेम्बर १३ (मंसिर २७) मा हुने कार्यक्रम छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण आजदेखि सुरु हुँदैछ। कीर्तिपुरस्थित टियु मैदानमा दिउँसो ४ बजे डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच उद्घाटन खेल हुनेछ।

यस सिजन अधिकांश खेल नवनिर्मित फ्लडलाइटमा हुनेछन्। ८ टिम सहभागी एनपीएलमा ३२ खेल खेलिने छन्। जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स प्रतिस्पर्धामा छन्।

४० भन्दा बढी विदेशी खेलाडी तथा ५ विदेशी प्रशिक्षक सहभागी भएका छन्, जसमा फाफ डु प्लेसिस, जेसन रोय, क्रिस लिन, इमरान ताहिरजस्ता स्टारहरू आकर्षण बनेका छन्।

लिग चरण डिसेम्बर ७ सम्म, प्लेअफ डिसेम्बर ९–११ मा र उपाधि भिडन्त डिसेम्बर १३ (मंसिर २७) मा हुनेछ।

यो समाचारमा

नेपाल क्रिकेट संघकाठमाडौँजनकपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...