जेनजी आन्दोलनको क्षति विवरण संकलन गर्न सरकारको ७५३ स्थानीय तहलाई पत्राचार

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ३०, आइतबार

20
Share
Featured
  • जेनजी आन्दोलन (भदौ २३–२४) का क्रममा भएका क्षतिको विस्तृत विवरण संकलन तीव्र बनाउन सरकारका ७५३ स्थानीय तहलाई पत्राचार गरी अनलाइन पोर्टलमा तथ्याङ्क अद्यावधिक गर्न निर्देशन दिएको छ।
  • क्षतिको मूल्याङ्कन र पुनर्निर्माण योजना व्यवस्थित गर्न ५ सदस्यीय समिति गठन गरिएको छ, जसले एकीकृत अनलाइन पोर्टलमार्फत विवरण संकलनको व्यवस्था गरेको छ।
  • केही स्थानीय तहबाट विवरण अपुरो रहन सक्ने भन्दै सम्पूर्ण तथ्याङ्क तुरुन्त अपलोड गर्न आग्रह, किनभने पुनर्निर्माण, बजेट व्यवस्थापन र प्रभावित क्षेत्र पहिचानका लागि यही डेटा आधार बन्नेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

गत भदौ २३ र २४ गते देशभर भएका जेनजी आन्दोलनका क्रममा भएको क्षतिको विस्तृत विवरण संकलनलाई तीव्रता दिन सरकारले देशभरका ७५३ वटै स्थानीय तहलाई औपचारिक पत्राचार गरेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कात्तिक २७ गते पठाएको पत्रमार्फत सबै गाउँपालिका र नगरपालिकालाई अनलाइन पोर्टलमा विवरण अद्यावधिक गर्न निर्देशन दिएको हो।

मन्त्रालयका अनुसार, आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति, भौतिक संरचना र निजी प्रतिष्ठानमा परेको क्षतिको मूल्याङ्कन तथा पुनर्निर्माण योजनालाई व्यवस्थित बनाउने लक्ष्यसहित तथ्याङ्क संकलन सुरु गरिएको हो। यसका लागि सरकारले असोज ५ गतेको मन्त्रिपरिषद् बैठकबाट पाँच सदस्यीय समिति गठन गरेको थियो।

समितिले तथ्याङ्क संकलन प्रक्रियालाई एकरूप, पारदर्शी र सहज बनाउन विशेष अनलाइन पोर्टल तयार पारेको छ। स्थानीय तहहरूले आफ्ना क्षेत्रअन्तर्गतका कार्यालय, सेवा केन्द्र, पूर्वाधार तथा निजी सम्पत्तिमा परेको क्षतिको विवरण सोही पोर्टलमार्फत अपलोड गर्नुपर्नेछ।

मन्त्रालयले केही स्थानीय तहबाट विवरण अपुरो वा छुट भएको सम्भावना रहेको उल्लेख गर्दै अविलम्ब पोर्टलमा सम्पूर्ण तथ्याङ्क प्रविष्ट गर्न आग्रह गरेको छ। पुनर्निर्माण, बजेट व्यवस्थापन र प्रभावित क्षेत्र पहिचानमा यिनै विवरण आधार बन्ने भएकाले समयमै जानकारी उपलब्ध गराउन मन्त्रालयले विशेष ध्यानाकर्षणसमेत गराएको छ।

यो समाचारमा

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...