जेनजी आन्दोलनका क्रममा महानगरमा मात्रै १ अर्ब बराबरको क्षति

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २९, शनिबार १७:१५

27
Share
Featured
  • जेनजी आन्दोलनका क्रममा विराटनगर महानगरपालिकामा करिब १ अर्ब रुपैयाँ बराबरको भौतिक र जिन्सी क्षति भयो, जसमा भवनदेखि स्काभेटर, कम्प्युटर, फर्निचरसम्म नष्ट भए।
  • घरजग्गा शाखासहित धेरै शाखाका जनतासम्बन्धी महत्वपूर्ण कागजपत्र जलेर नष्ट भएकाे मेयर कोइरालाले बताए।
  • भवनहरू जलेपछि सेवा टेन्टबाट सञ्चालन भइरहेको भए पनि हाल अधिकांश सेवा पूर्ववत् रूपमा सुचारु हुँदै गएको महानगरले जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


जेन–जी आन्दोलन “नेपो किड”का क्रममा विराटनगर महानगरपालिकाको भौतिक संरचना र अन्य सामानसहित झण्डै १ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ ।

मेयर नागेश कोइरालाका अनुसार भौतिक संरचनातर्फ २३ करोड ३७ लाख ५८ हजार २३४ रुपैयाँ बराबरको क्षति भएको छ । जुन महानगरको प्रशासनिक भवनसहित वडा नम्बर १ देखि १२ र १९ नम्बर वडामा भएको क्षतिको विवरण हो ।

त्यस्तै जिन्सी सामग्रीतर्फ स्काभेटर, शव बाहन, मोटरसाइकल, जेनेरेटर, कम्प्युटर, फर्निचर, मसलन्द सामग्रीलगायतमा ७५ करोड २५ लाख ६३ हजार ४८५ रुपैयाँ क्षति भएको महानगरले जनाएको छ ।

वडागत रुपमा संकलन गर्नुपर्ने परेका कारण क्षतिको पूर्ण विवरण आउन समय लागेको मेयर कोइरालाले बताए ।

‘यो त भौतिक र जिन्सी सामग्रीको क्षतिको विवरण हो । त्यो भन्दा ठूलो क्षति त जनताका महत्वपूर्ण कागजपत्र जलेर नष्ट भएको छ,’ उनले भने, ‘घरजग्गा शाखा पूर्ण रुपमा जल्दा त्यहाँका सबै कागजपत्र नष्ट भयो । अन्य महाशाखा र शाखाका कागजपत्र पनि सबै जल्यो । ती सबै कागजपत्र जनतासँग सम्बन्धित नै थिए ।’

भौतिक संरचना र जिन्सीसहित ९८ करोड ६३ लाख २१ हजार ७१९ रुपैयाँ क्षति भएको छ । जसले गर्दा महानगरको विकासमा असर पुग्ने निश्चित । मेयर कोइरालाले महानगरलाई तङ्ग्रिन अझै केही समय लाग्ने बताए । सेवा प्रवाहमा भने कुनै कमी हुन नदिएको उनको भनाइ थियो ।

गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा महानगरको प्रशासनिक भवनसहित वडा नम्बर १ देखि १२ र १९ नम्बर वडा जलेर नष्ट भएको थियो । प्रशासनिक भवनमा आगजनी गर्दा अधिकांश महाशाखा खरानी भएका थिए ।

प्रशासनिक भवन र वडा कार्यालयहरूमा आगजनी गर्दा टेन्टमार्फत जनताका सेवा प्रवाह गरिरहेको उनले सुनाए । बस्ने ठाउँ नहुँदा न्यायिक समितिको इजलाससमेत टेन्टमै बसिरहेको उपमेयर शिल्पा निराला कार्कीले जानकारी दिइन् । उनका अनुसार हरेक सोमबार र बुधबार न्यायिक इजलास बस्ने गरेको छ ।

महानगरबाट प्रवाह हुने सबैजसो सेवा पूर्ववत् रुपमा सुचारु भइसकेको छ । प्राविधिक जाँचपछि बस्न योग्य भवनमा रंगरोगन, विद्युत र नेट जडान धमाधम भइरहेको प्रमुख प्रशासकीय अधिकृत योगन्द्र दुलालले जानकारी दिए ।

यो समाचारमा

जेन–जी आन्दोलन “नेपो किड”काठमाडौँविराटनगर महानगरपालिकानागेश कोइराला

ट्यागहरू

#जेनजी आन्दोलन#क्षति#नागेश कोइराला#भौतिक संरचना#वडा कार्यालय#१ अर्ब रुपैयाँ#प्रशासनिक भवन#विराटनगर महानगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    sajilo patrika

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपालपे कार्ड

    भर्खरै

    News Image

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    News Image

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    News Image

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    News Image

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू