मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डा.लाभद्वारा पदभार ग्रहण

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २७, बिहिबार १८:११

24
Share
Featured
  • मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले पदभार ग्रहण गरेका छन्।
  • पदभार ग्रहण कार्यक्रममा नेपाली सेनाले सलामी दिएको थियो र सुरक्षा निकायका उच्च पदाधिकारीहरुको उपस्थितिमा स्वागत गरिएको थियो।
  • डा. लाभले विधिको शासन पालन गर्ने, सबै पक्षसँग मिलेर प्रदेश विकास गर्ने र मुख्यमन्त्री नियुक्ति विवादमा अदालतको निर्णय मान्य हुने स्पष्ट पारे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले पदभार ग्रहण गरेका छन् ।

डा. लाभलाई नेपाली सेनाको टोलीले सलामी दिएर मधेश प्रदेश प्रमुख कार्यालयमा स्वागत गरेका छन् । सो क्रममा मधेश प्रदेशका सुरक्षा निकायका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

पदभार ग्रहण गर्दै प्रदेश प्रमुख डा.लाभले आफूलाई जिम्मेवारीबोध भएको अनुभूति भइरहेको बताए । उनले सम्पूर्ण जनता, सांसद, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत सबैलाई मिलेर प्रदेश बनाउनुपर्ने धारणा राखे । डा.लाभले विधिको साशनलाई सबैले मान्नुपर्ने बताए । 

उनले आफू जनकपुरधामकै भएकाले मधेश प्रदेशको हरेक पक्ष र समस्याहरुसंग आफू परिचित रहेकोले काम गर्न सहज हुने बताए । डा.लाभले हाल मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्तिसंग उम्रीएको विवाद अदालतमा पुगिसकेकाले अदालतले गर्ने निर्णय नै मान्य हुने प्रष्ट पारे ।

मुख्यमन्त्री यादवको नियुक्तिको विषयमा उत्पन्न विवाद पश्चात मधेश प्रदेशकी पूर्वप्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरिएपछि डा.लाभलाई सिफारिस गरिएको थियो । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले डा.लाभलाई सपथ ग्रहण गराएका थिए ।

यो समाचारमा

नेपाली सेनाकाठमाडौँजनकपुररामचन्द्र पौडेल
सुमित्रा सुवेदी भण्डारी7 more

ट्यागहरू

#नेपाली सेना#डा. सुरेन्द्र लाभ#उच्च पदाधिकारी#सुरक्षा निकाय#मधेश प्रदेश#जनकपुरधाम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिपक्षको अवरोधपछि मधेश प्रदेशसभामा नयाँ मोड, बजेट विवाद मिलाउन सांसदहरूको कार्यदल गठन

    धनुषा । मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गरिएको छ ।मधेश प्रदेशसभाको आइतबारको बैठकमा सभामुख रामअशिष यादवले आजैदेखि कार्य प्रारम्भ गर्ने गरी प्रदेशसभा सदस्यहरु उपेन्द्र महतो, हरिनारायण महतो, जंगीलाल राय, प्रमोदकुमार यादव, सञ्जयकुमार यादव, बिमला अन्सारी तरुन्म र सरिताकुमारी ठाकुर

    sajilo patrika

    धनुषा–सिरहा जोड्ने झोलुंगे पुलले बढाायो पर्यटकीय चहलपहल, भारतीय पर्यटकको समेत आकर्षण

    महोत्तरीका उखु किसानले पाए करिब पौने २ अर्ब भुक्तानी

    धनुषाको गणेशमान चारनाथ नगरपालिकाका ३२८ परिवारले पाए गाउँब्लकको लालपुर्जा

    दुई सातामै दोब्बर भयो मालदह आँपको मूल्य, उपभोक्तालाई महँगो किसानलाई घाटा

    भर्खरै

    News Image

    सहरी क्षेत्रको डुबान रोक्न व्यास नगरपालिकाले फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना बनाउने

    News Image

    काठमाडौँमा ९३ मिलिमिटर वर्षा, मकवानपुर र म्याग्दीमा वर्षियो सबैभन्दा धेरै पानी

    News Image

    पार्टीमा रूपान्तरण आवश्यक छ, राप्रपाको आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिन्छु : ज्ञानेन्द्र शाही

    News Image

    मिडिया हाउसहरूमा गाडी तेर्स्याएर अवरोध गरिएको घटनाप्रति रास्वपाको आपत्ति, छानबिन र कारबाहीको माग

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू