सुदर्शन खड्का बने कोशी प्रदेशसभाको सचिव, नौ महिनाको रिक्तता अन्त्य

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २६, बुधबार

20
Share
Featured
  • करिब नौ महिनापछि सुदर्शन खड्का कोशी प्रदेशसभाका नयाँ सचिव नियुक्त भएका छन् र उनले बुधबार शपथ ग्रहण गरेका छन्।
  • पूर्वसचिव गोपालप्रसाद पराजुली भ्रष्टाचारमा दोषी ठहर भई पदमुक्त भएपछि सचिवालय नेतृत्वविहीन थियो।
  • जेनजी आन्दोलनमा पुरानो भवन जलेपछि प्रदेशसभा हाल कटहरीस्थित फलफूल तथा कृषि थोक बजारको भवनबाट सञ्चालन भइरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

करिब नौ महिनादेखि नेतृत्वविहीन रहेको कोशी प्रदेशसभाले अन्ततः नयाँ सचिव पाएको छ । संघीय संसद सचिवालयका पूर्वसचिव सुदर्शन खड्का प्रदेशसभाका सचिवमा नियुक्त भएका छन् ।

सभामुख अम्बरबहादुर विष्टको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले खड्कालाई सचिवमा नियुक्त गरेका हुन् । बुधबार दिउँसो उनले प्रदेशसभाको कटहरीस्थित नयाँ कार्यालयमा सभामुख विष्टसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे ।

पूर्वसचिव गोपालप्रसाद पराजुली सर्वोच्च अदालतबाट भ्रष्टाचारको कसुरमा दोषी ठहर भएपछि प्रदेशसभा सचिवालय गत नौ महिनादेखि नेतृत्वविहीन थियो । पशुपति क्षेत्र विकास कोषको जग्गामा अवैध बालुवाखानी सञ्चालन गर्न अनुमति दिएको अभियोगमा पराजुलीलाई अदालतले ६ वर्ष कैद र जरिवानाको सजाय सुनाएको थियो । त्यसपछि उनी स्वतः पदमुक्त भएका थिए ।

यसबीच, कोशी प्रदेशसभा बुधबारदेखि कटहरीस्थित फलफूल तथा कृषि थोक बजारको भवनमा सारिएको छ । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा अराजक समूहले प्रदेशसभा भवन र सचिवालयमा आगजनी गरेपछि पुरानो भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो ।

भवन ध्वस्त बनेपछि कटहरीस्थित फलफूल तथा कृषि थोक बजारको भवनलाई अस्थायी रूपमा प्रयोग गर्ने निर्णय गरिएको हो । प्रदेशसभाका कर्मचारीका अनुसार नयाँ स्थलमा आवश्यक संरचना र प्रशासनिक तयारी भइरहेको छ ।

‘प्रशासनिक काम सञ्चालनका लागि सुरुवात भइसकेको छ ।’ एक कर्मचारीले बताए ।

नवनियुक्त सचिव खड्काको आगमनसँगै कोशी प्रदेशसभाको प्रशासनिक रिक्तता अन्त्य भएको छ ।

यो समाचारमा

कोशी प्रदेशकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बाँकेमा १३ करोड ६१ लाखका सामान बरामद

    काठमाडौं । बाँकेको जमुनाह नाकाबाट सशस्त्र प्रहरी बलले गत आर्थिक वर्षमा रु. १३ करोड ६१ लाख ३१ हजार ६९८ बराबरका अवैध रूपमा नेपाल भित्र्याइएका सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल ३० नं, गण बागेश्वरी हेडक्वार्टर, बाँकेका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन विष्टका अनुसार आर्थिक वर्ष २०८२/०८३

    Data is loading...

    Loading brands...

    Loading footer...