खाँडादेवीको दर्शन : राजधानी नजिकैको धार्मिक यात्राको उपयुक्त स्थल

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २५, मङ्गलबार

15
Share
Featured
  • रामेछापको खाँडादेवी मन्दिर काठमाडौं उपत्यका र तराई क्षेत्रबाट एक दिनमै दर्शन गर्न सकिने उपयुक्त तीर्थस्थल हो। काठमाडौंबाट ४ घण्टाको यात्रा र बिपी राजमार्गको सुविधा भएकाले बच्चादेखि ज्येष्ठ नागरिकसम्मका लागि सजिलो पहुँच छ।
  • मन्दिर अग्लो डाँडामा अवस्थित भएकाले देवी दर्शनसँगै प्राकृतिक दृश्यावलोकन गर्न सकिन्छ। भक्तजनले मागेको कुरा पुरा भएमा पञ्चवली र भाकल पूजा गर्ने प्रचलन छ।
  • खाँडादेवी मन्दिर किराँतकालीन भएको मानिन्छ र विसं १५७३ मा चढाइएको घण्ट तथा अन्य चाँदीका गहना आजसम्म सुरक्षित छन्, जसले मन्दिरको ऐतिहासिक र पुरातात्विक महत्त्व पुष्टि गर्छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौं उपत्यका तथा तराई क्षेत्रबाट समेत एक दिनको तीर्थयात्रा गर्नेको लागि रामेछापको खाँडादेवी मन्दिर उपयुक्त तीर्थस्थल बनेको छ । 

राजधानी काठमाडौंबाट ४ घण्टाको यात्रामा पुगिने खाँडादेवी मन्दिरसम्म सबै खालका यातायात साधन पुग्ने भएकोले बच्चा देखि ज्येष्ठ नागरिकसम्मको लागि यो उपयुक्त तीर्थस्थल बनेको छ । 

काठमाडौंबाट बिहान सवारीसाधनमा निस्कँदा खालि पेटमा नै मन्दिर दर्शन गर्न भ्याइने र दर्शन गरेपछि मन्दिरमा केही बेर रमाएर पुनः घर फर्कन सकिने भएकोले यो एक दिनको बिदामा घुम्न र दर्शन गर्न आउनेको लागि उपयुक्त तीर्थस्थल भएको खाँडादेवी विकास कोषका अध्यक्ष बताउँछन् । 

काठमाडौंबाट बिपी राजमार्ग हुँदै पूर्व जाने आफ्नै सवारीसाधन भएकालाई पनि यो मन्दिर दर्शन गरेर जानको लागि पनि उपयुक्त छ । 

बिपी राजमार्गको सित्खाबाट सुनकोसी नदीको पुल तरेर एक घण्टामा खाँडादेवी मन्दिर पुगिन्छ । मन्दिर दर्शन गरेर पुन सोही बाटो वा रामेछापको सदरमुकाम मन्थली हुँदै खुर्कोट निस्किएर पूर्व जान सकिने भएकोले नयाँ ठाउँ घुम्न चाहनेको लागि अवसर नै हुने स्थानीय अनिता राई बताउँछिन् । 

सिन्धुली, महोत्तरी, धनुषा, सर्लाही लगायतका क्षेत्रबाट मन्दिर दर्शन गरेर एकै दिन घर फर्कन सकिन्छ । अग्लो डाँडामा भएकोले देवीको दर्शन र दृश्यावलोकनका लागि खाँडादेवी उपयुक्त स्थल रहेको छ । काठमाडौं पूर्वबाट बिपी मार्ग हुँदै काठमाडौं हिँडेकालाई यहाँ दर्शन गरे जानसमेत सहज हुने भएकोले खाँडादेवी बाटैको दर्शनस्थल जस्तो बनेको छ । 

बाह्रै महिना पञ्चवली चढ्ने खाँडादेवीलाई मागेको कुरा पुरा हुने देवी मानिन्छ । आफूले मागेको कुरा पुरा भएपछि खाँडादेवीमा पञ्चवली र भाकल पूजा गर्ने प्रचलन रहेको पुजारीहरू बताउँछन् । 

खाँडादेवीलाई किराँतकालीन मन्दिर मानिन्छ । यसको इतिहास निक्कै पुरानो छ । खाँडादेवी मन्दिरमा विसं १५७३ मा चढाइएको घण्ट तथा त्यस अघि चढाएको चाँदीका जन्तर लगायतका गहना अहिले पनि सुरक्षित छन् । यसले यो मन्दिरको  ऐतिहासिक र पुरातात्विक महत्त्व झल्काउँछ ।

यो समाचारमा

सिन्धुलीसर्लाहीकाठमाडौँरामेछाप
धनुषा5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...