नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको खेल तालिका सार्वजनिक

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २५, मङ्गलबार

17
Share
Featured
  • नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण मंसिर १ गतेदेखि त्रिवि क्रिकेट रंगशालामा सुरु हुने भएको छ।
  • पहिलो खेलमा गत वर्षको विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच साँझ ४ बजे फ्लडलाइटमा प्रतिस्पर्धा हुनेछ।
  • रंगशालाको १० हजार क्षमताको प्यारापिट निर्माण सम्पन्न भइसकेको र फ्लडलाइट जडान अन्तिम चरणमा रहेको क्यानले जनाएको छ। विदेशी खेलाडी र प्रशिक्षकहरू पनि काठमाडौँ आइपुग्दै छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले हिजो सार्वजनिक गरेको तालिका अनुसार आउँदो मंसिर १ गतेदेखि शुरु हुने एनपीएलका खेलहरू त्रिवि क्रिकेट रङ्गशालामा फ्लडलाइटमा पनि खेलिने भएका छन् ।

तालिका अनुसार उद्घाटन खेलमा गएको वर्षको विजेता जनकपुर बोल्ट्स र काठमाण्डौ गोर्खाज भिड्नेछन् । यो खेल दिउँसो ४ बजेदेखि फ्लडलाइटमा शुरु हुने क्यानले जनाएको छ । एनपीएलको प्लेअफका तीन तथा फाइनल र लिग चरणका १९ खेलहरू फ्लडलाइटमा खेलिनेछन् ।

त्रिवि क्रिकेट रङ्गशालामा १० हजार क्षमताको प्यारापिट निर्माण सम्पन्न भइसकेको छ भने फ्लडलाइट जडानको काम पनि अन्तिम चरणमा छ । आठ वटै टोलीमा अनुबन्धित विदेशी खेलाडी र प्रशिक्षक काठमाण्डौ आउने क्रम जारी छ भने एनपीएल खेल्ने टोलीका अधिकांश खेलाडी अभ्यासमा व्यस्त छन् ।


यो समाचारमा

काठमाडौँक्रिकेटनेपाल क्रिकेट संघजनकपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...