ट्रामाडोल सहित रौतहटमा दुई जना पक्राउ

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २४, सोमबार

26
Share
Featured
  • रौतहट प्रहरीले सर्लाहीका दुई जनालाई ट्रामाडोलसहित पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा २७ वर्षीय बुद्धसिंह वाइवा (लालबन्दी) र २४ वर्षीय शरिन योञ्जन (हरिवन) रहेका छन्।
  • उनीहरूलाई चन्द्रपुर–४ स्थित लोकमार्ग ट्राफिक चेकपइन्टमा स्कुटर जाँचको क्रममा स्कुटरको हेन्डलमा राखिएको रेनकोट झोलामा लुकाइछिपाइ ल्याउँदै गरेको १३० पिस ट्रामाडोलसहित नियन्त्रणमा लिइएको हो।
  • पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान जारी रहेको रौतहट प्रहरीले जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


रौतहट प्रहरीले दुई जनालाई ट्रामाडोल सहित नियन्त्रणमा लिएको छ । सर्लाही लालबन्दी नगरपालिका–१६ तामाङटोल बस्ने  २७ वर्षीय  बुद्धसिंह वाइवा र सर्लाही  हरिवन नगरपालिका –३ श्रीपुर बस्ने  २४ वर्षीय  शरिन योञ्जनलाई प्रहरीले पक्राउ गरेको हो ।

चन्द्रपुर नगरपालिका –४ स्थित पूर्व, पश्चिम लोकमार्गस्थित ट्राफिक चेकपइन्टमा खटिएको चेकिङ टोलीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको म.प्र. ०३२ ०२५ प ९७२१ नं.को स्कुटर चेकजाचको क्रममा फेला परेको 

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, रौतहटले जनाएको छ । उनीहरुको साथबाट एक सय तीस पिस ट्रामाडोल बरामद भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक रुपा लाबुङ्गले बताइन । उनका अनुसार  स्कुटरको हेन्डलमा रेनकोटको झोलामा ट्रामाडोल लुकाइछिपाई ल्याउँदै गरेको अवस्थामा बरामद भएको हो। पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ । 

यो समाचारमा

लालबन्दी नगरपालिकासर्लाहीरौतहटकाठमाडौँ
चन्द्रपुर नगरपालिका5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...