राप्रपा मकवानपुरको जिल्ला अधिवेशन मङ्सिरमा, दुवै क्षेत्रमा बहुमत ल्याउने तयारी

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २४, सोमबार

16
Share
Featured
  • राप्रपा मकवानपुरले मङ्सिरको पहिलो वा दोस्रो हप्तामा जिल्ला अधिवेशन गर्ने तयारी गरेको छ, जसमा सबै दश स्थानीय तहको प्रतिनिधित्व रहनेछ।
  • कार्यवाहक अध्यक्ष सागर थापाका अनुसार फागुन २१ गते हुने निर्वाचनमा राप्रपाले मकवानपुरका दुवै क्षेत्रमा उम्मेदवार उठाएर बहुमतसहित विजय प्राप्त गर्ने लक्ष्य लिएको छ।
  • पार्टी संगठन सुदृढीकरण र सदस्यता विस्तार अभियान तीव्र बनाउँदै राप्रपा अब वैकल्पिक होइन, मुख्य राजनीतिक शक्ति बन्ने दिशामा अघि बढेको बताइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले मङ्सिरको पहिलो या दोस्रो हप्तामा जिल्ला अधिवेशन गर्ने तयारी गरेको छ । अधिवेशनमा जिल्लाका सबै दश स्थानीय तहको प्रतिनिधित्व रहने र सशक्त ढंगले तयारी भइरहेको कार्यवाहक अध्यक्ष सागर थापाले बताएका छन् ।

थापाले भने, ‘गत निर्वाचनमा जसरी राप्रपाको वर्चस्व बनेको थियो, त्यसरी नै यसपटक पनि मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा हामी बलियो उपस्थितिका साथ जानेछौँ ।’

उनका अनुसार आउँदो फागुन २१ गते हुने निर्वाचनमा राप्रपाले मकवानपुर क्षेत्र नं. १ र क्षेत्र नं. २ दुवैमा उम्मेदवार उठाउनेछ र बहुमतसहित विजय हासिल गर्ने लक्ष्य लिएको छ ।

थापाले हालको राजनीतिक परिवेश र जनभावनाको आधारमा राप्रपा देशको सबैभन्दा ठूलो दल बन्ने संकेत स्पष्ट देखिएको उल्लेख गरे ।

उनले भने, ‘राप्रपा अब जनताको वैकल्पिक मात्र होइन, मुख्य शक्ति बन्ने दिशामा अघि बढिसकेको छ ।’

राप्रपाले हाल पार्टी संगठन सुदृढीकरण र सदस्यता विस्तार अभियानलाई तीव्रता दिएको छ । अधिवेशनपछि प्रदेश र केन्द्रीय महाधिवेशनको तयारी समेत अघि बढाइने बताइएको छ ।

यो समाचारमा

राष्ट्रिय प्रजातन्त्र पार्टीकाठमाडौँमकवानपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    महिला उद्यमीलाई सहयोग गर्न सरकार प्रतिबद्ध छ - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले महिला उद्यमीहरूको उद्यमशीलता विकास र प्रवर्द्धनका लागि आवश्यक सबै प्रकारको सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा महिला उद्यमी महासंघ नेपालका पदाधिकारीहरूसँग भएको छलफलमा उनले यस्तो प्रतिबद्धता जनाएका हुन्।प्रधानमन्त्री शाहले महिला उद्यमीहरूले भोगिरहेका कानुनी र व्यावहारिक व्यवधान हटाउन सरकार

    Data is loading...

    Loading brands...

    Loading footer...