पटेर्वा सुगौलिद्वारा पाँच पालिकाका बासिन्दालाई मोतिविन्दुको निःशुल्क उपचार

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २४, सोमबार

18
Share
Featured
  • पटेर्वा सुगौली गाउँपालिकाले तिलगंगा आँखा केन्द्रको सहकार्यमा आयोजित निःशुल्क आँखा शिविरमा १६४ जनाको मोतिविन्दु शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ।
  • पाँच पालिकाका बिरामी सहभागी भएका शिविरमा उपचार, बसोबास र यातायातको व्यवस्था गाउँपालिकाले गरेको थियो।
  • गाउँपालिकाले आँखा उपचार केन्द्र स्थापना र महिला सशक्तिकरणका लागि सीपमूलक तालिम तथा आय–आर्जन कार्यक्रम पनि सञ्चालन गरिरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


संस्थागत क्षमता मूल्यांकनमा जिल्लामै उत्कृष्ट र मधेश प्रदेशमा दोस्रो स्थान हासिल गरेको पटेर्वा सुगौली गाउंपालिकाले आफ्ना बासिन्दाका लागि औषधि उपचारका क्षेत्रमा निरन्तर प्रभावकारी काम गर्दै आएको छ । 

पालिकाले आयोजना गरेको निःशुल्क आँखा शिविरमा आइतबार १६४ जना बिरामीको मोतिविन्दुको शल्यक्रिया (अपरेशन) गरी सकुशल घर फिर्ता पठाइएको छ ।

तिलगंगा आँखा उपचार केन्द्र, निचुटाको आयोजनामा शनिबार उपचारका लागि आएका विभिन्न पाँच पालिकाका बिरामीहरूको निःशुल्क शल्यक्रिया गरी घर फिर्ता पठाइएको हो ।

सामुदायिक आँखा अस्पताल मकवानपुर र तिलगंगा अस्पताल काठमाडौँले पर्साको सखुवा प्रसौनी गाउंपालिका, जगरनाथपुर गाउंपालिका, ठोरी गाउँपालिका, पटेर्वा सुगौली गाउँपालिका र पोखरिया नगरपालिकामा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेका थिए ।

शिविरमार्फत हजारौँ जनाको आँखा परीक्षण गर्दा ६ सयभन्दा बढी बिरामीमा मोतिविन्दूको समस्या देखिएपछि निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गरिएको हो ।

तिलगंगा आँखा अस्पताल काठमाडौँकी वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. मोहिनी श्रेष्ठको नेतृत्वमा डा. सुनिल थापा, डा. वन्दना अधिकारीलगायतको टोलीले बिरामीको आँखा शल्यक्रिया गरेको सामुदायिक आँखा अस्पताल मकवानपुरका प्रोग्राम कोअर्डिनेटर सुनिल कुमार सिंहले जानकारी दिए । उनका अनुसार केयर ब्लाइन्डनेस प्रोजेक्टको आर्थिक सहयोग र तिलगंगा अस्पतालको प्रविधिक सहयोगमा यो शिविर सञ्चालन गरिएको हो ।

मोतिविन्दुको समस्या देखिएका बिरामीलाई घरबाट शिविरसम्म ल्याउने, वासवास तथा खानपानको व्यवस्था गर्ने र शल्यक्रियापछि घरसम्म पु¥याउने सम्पूर्ण व्यवस्थापनको जिम्मा पटेर्वा सुगौली गाउँपालिकाले लिएको सिंहले जानकारी दिए ।

निःशुल्क आँखा शिविरको पहिलो दिन अर्थात शनिबार विभिन्न पाँच पालिकाबाट आएका बिरामीको सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको थियो भने दोस्रो दिन आइतबार १५० जनाभन्दा बढीको शल्यक्रिया गर्ने तयारी भएको गाउँपालिकाका अध्यक्ष दिनेश चौधरीले जानकारी दिए । उनका अनुसार बिरामीलाई पालिकाको आफ्नै गाडीमार्फत ल्याइ–ल्याइ शल्यक्रिया गराइ घरसम्म सकुशल पु¥याइएको हो ।

पालिकाको निचुटामा सञ्चालन भइरहेको आँखा शिविरमा ६ सय जनाको मोतिविन्दू शल्यक्रिया गर्ने लक्ष्य राखिएको छ । पहिलो र दोस्रो दिनसम्म २१५ जनाभन्दा बढी बिरामीको सफल शल्यक्रिया भइसकेको अध्यक्ष चौधरीले जानकारी दिए ।

उपाध्यक्ष ममता महतोका अनुसार, ‘जनताको घरआँगनको सरकारका रूपमा रहेको स्थानीय तहबाट स्वास्थ्य, शिक्षा, रोजगारीदेखि पूर्वाधार विकाससम्मको अनुभूति दिलाउन गाउँपालिकाले विभिन्न पहलहरू गरिरहेको छ ।’

उनले थपिन्, ‘नागरिकको जीवनस्तर उकास्नका लागि जीवन उपयोगी तालिम प्रदान गर्दै ती तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतार्न पालिकाले २०० भन्दा बढी महिलालाई सहयोग गरेको छ ।’

तालिम लिएका महिलालाई मेसिन उपलब्ध गराई पालिकाले विभिन्न वडामा स्यानिटरी प्याड, दुना–टपरी, मसला पिस्ने उद्योगजस्ता आय–आर्जनमुखी व्यवसाय सञ्चालन गराएको उपाध्यक्ष महतोले बताइन् ।

त्यसैगरी, सर्वसाधारणको औषधि उपचारलाई थप प्रभावकारी बनाउन जिल्लाकै पहिलो आधारभूत अस्पताल सञ्चालन गरेको पालिकाले आँखा उपचार केन्द्र निचुटाको स्थापना गरेर नागरिकलाई आँखा उपचारमा सहजता पु¥याएको पनि उनले बताए ।

महिला सशक्तिकरणलाई आफ्नो मूल मन्त्र बनाउँदै आएको गाउँपालिकाले निचुटामा आयोजना गरेको निःशुल्क आँखा शिविरमा सबैभन्दा बढी महिलाको आँखा शल्यक्रिया गरिएको उपाध्यक्ष महतोले बताइन् ।

यो समाचारमा

काठमाडौँजगरनाथपुर गाउंपालिकामधेश प्रदेशपोखरिया नगरपालिका
सखुवा प्रसौनी गाउंपालिका7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...