हेटौंडामा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु, साँघुरो सडकले बढायो दुर्घटनाको जोखिम

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २३, आइतबार

8
Share
Featured
  • हेटौंडा–९ माष्टरचोकमा जनकपुरबाट काठमाडौं जाँदै गरेको बसको ठक्करबाट रुपन्देहीका ३७ वर्षीय रामबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको छ।
  • चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ, जबकि स्थानीयले साँघुरो सडक र भीडभाडलाई दुर्घटनाको मुख्य कारण बताएका छन्।
  • स्थानीयवासीले सडक चौडाइ र फुटपाथ निर्माणको माग गर्दै चेतावनी दिएका छन् कि सुधार नभए यस्ता दुर्घटना दोहोरिन सक्नेछन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


हेटौडा उपमहानगरपालिका–९ माष्टरचोकमा आइतबार बिहान बसले ठक्कर दिँदा एक पैदल यात्रुको मृत्यु भएको छ । जनकपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख २६५६ नम्बरको यात्रुवाहक बसले पैदल यात्रीलाई ठक्कर दिएपछि घटनास्थलमै उनको मृत्यु भएको हो।

मृतक रुपन्देहीको देवदह नगरपालिका–८ निवासी ३७ वर्षीय रामबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए। उनका अनुसार बसले माष्टरचोक नजिकै बाटो क्रस गर्दै गरेका बोहरालाई ठक्कर दिएको थियो।

प्रहरीका अनुसार चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ । स्थानीयवासीको भनाइमा माष्टरचोक आसपासको सडक अत्यधिक साँघुरो भएकाले दुर्घटनाको जोखिम दिनप्रतिदिन बढ्दो छ । सो क्षेत्रमा बिहान र बेलुकी सवारीसाधन तथा पैदल यात्रुको अत्यधिक भीड हुने भएकाले ठूला गाडी गुड्न असहज हुने गर्दछ ।

हेटौंडाको मुख्य बजार क्षेत्र हुँदै पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथ जोड्ने यो बाटो विस्तार नहुँदा पछिल्ला वर्षमा त्यहाँ सवारी दुर्घटनाको संख्या बढिरहेको छ । स्थानीयले पटक–पटक सडक चौडाइ बढाउन माग गर्दै आएका छन्, तर योजना कागजमै सीमित रहेको उनीहरूको गुनासो छ।

डीएसपी बोगटीका अनुसार, सडक साँघुरो र यातायात व्यवस्थापन कमजोर हुँदा दुर्घटनाका घटना दोहोरिरहेकाले चालक र पैदल यात्रु दुवैले सचेत रहनु आवश्यक छ। उनले सवारीचालकलाई गति नियन्त्रणमा राख्न र पैदल यात्रुलाई निर्धारित स्थानबाट सडक पार गर्न आग्रह गरे।

यसअघि पनि सो क्षेत्रमा ठूला सवारीको ठक्करबाट पैदल यात्रु घाइते हुने घटना पटक–पटक दर्ता भएका छन्। स्थानीयवासीले तत्काल सडक चौडाइ बढाएर फुटपाथ निर्माण नगरेसम्म यस्ता दुःखद घटना दोहोरिने चेतावनी दिएका छन्।

यो समाचारमा

हेटौडा उपमहानगरपालिकादेवदह नगरपालिकारुपन्देहीमकवानपुर
काठमाडौँ5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...