बेल्डिका किसानलाई दाना तथा घाँसको बिउ वितरण

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २३, आइतबार

12
Share
Featured
  • रौतहटको चन्द्रपुर–६ बेल्डीका गाईभैंसी पालक किसानहरूलाई गुप्तेश्वर सहकारी संस्थामार्फत दाना र घाँसको बिउ वितरण गरिएको छ।
  • वडा अध्यक्ष सहदेव केसीले किसानलाई दुध उत्पादनमा जोड दिन आग्रह गर्दै वडा र पालिकाबाट आवश्यक सहयोग निरन्तर रहने बताए।
  • सहकारीमा आवद्ध करिब ५० किसानले सहुलियत कर्जा र बिउ पाउँदा खुशी व्यक्त गर्दै उत्पादन र बजार दुवै पक्षमा सन्तोषजनक प्रगति भएको बताएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ



रौतहटको चन्द्रपुर नगरपालिका वडा न. ६ बेल्डिका किसानलाई दाना तथा घाँसको बिउ वितरण गरिएको छ । गुप्तेश्वर सहकारी संस्थामा आवद्ध शेयर धनी गाई भैंसी पालक किसानहरूलाई उत्पादनको लागि प्रोत्साहित गर्न दाना तथा घाँसको बिउ वितरण गरिएको हो । 

चन्द्रपुर नगरपालिका वडा न. ६ का वडा अध्यक्ष सहदेव केसीले कृषकलाई दाना तथा घाँसको बिउ वितरण गर्दै दुध उत्पादनमा जोड दिन आग्रह गरे । पशुपालक कृषकको संख्या बढदै गएको भन्दै उनले वडा तथा पालिकाले समेत आवश्यक सहयोग गर्ने बताए ।

पशुमा देखिने विभिन्न रोगको खोप पालिकाको पशु शाखाको समन्वयमा वडा कार्यलयले समय समयमा दिँदै आएको उनको जिकिर छ । उत्पादित दुधको बजारीकरणमा कुनै समस्या नरहेको वडाध्यक्ष केसीले बताए । 

सहकारी संस्थामा आवद्ध भएका कारण गाई भैंसी किन्न सहुलियतमा कर्जा पाउनुका साथै दाना तथा घाँसको बिउ पाएकोमा किसानहरुले खुशी व्यक्त गरे । सहकारी संस्थामा आवद्ध करीब ५० जना सेयर धनी किसानलाई  दाना तथा घाँसको बिउ वितरण गरिएको गुप्तेश्वर सहकारी संस्थाले जनाएको छ ।

यो समाचारमा

चन्द्रपुर नगरपालिकाकाठमाडौँरौतहट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...