मन्त्री जयराम थापाद्वारा बूढानीलकण्ठस्थित अटो उद्योगको अनुगमन

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २३, आइतबार

26
Share
Featured
  • बागमती प्रदेशका मन्त्री जयराम थापाले बूढानीलकण्ठस्थित अटो कारखानाको अनुगमन गरी उद्योगको सञ्चालन, उत्पादन र श्रमिक सुरक्षा अवस्थाबारे जानकारी लिए।
  • उनले स्थानीय उद्योगहरूले रोजगारी सिर्जनामा योगदान दिइरहेको भन्दै प्रदेश सरकारबाट आवश्यक सहयोग र प्रवद्र्धनको प्रतिबद्धता व्यक्त गरे।
  • मन्त्रीले दक्ष जनशक्ति, सुरक्षा उपकरण र गुणस्तरीय उत्पादनमा जोड दिँदै अन्य औद्योगिक क्षेत्रहरूको पनि स्थलगत निरीक्षण गर्ने योजना सार्वजनिक गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री  जयराम थापाले शनिबार बुढानीलकण्ठ नगरपालिका–३ मा रहेको अटो कारखानाको अनुगमन गरेका छन् । 

अनुगमनका क्रममा मन्त्री थापाले उद्योग सञ्चालनको अवस्था, उत्पादन क्षमताका पक्ष र श्रमिकहरूको सुरक्षासम्बन्धी व्यवस्थाको बारेमा जानकारी लिए । 

उनले स्थानीय उद्योगहरूले रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान दिइरहेको भन्दै राज्यबाट आवश्यक सहयोगका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको समेत बताए । 

मन्त्री थापाले भने, ‘प्रदेशको समृद्धिका लागि औद्योगिक विकास र प्राविधिक सीपयुक्त श्रमिकको भूमिका अत्यन्त महत्वपूर्ण छ । यस्ता उद्योगहरूलाई प्रवद्र्धन गर्न सरकार सधंै तयार छ ।’

अनुगमन टोलीमा मन्त्रालयका उच्च अधिकारीहरू, बूढानीलकण्ठ नगरका जनप्रतिनिधि तथा उद्योग सञ्चालकसमेत उपस्थित थिए । कारखानाका सञ्चालकहरूले मन्त्रालयका तर्फबाट नीति तथा प्राविधिक सहयोगको माग गर्दै उत्पादन क्षमता विस्तारका योजना बारे पनि जानकारी गराएका थिए ।

मन्त्री थापाले कारखानाको दक्ष जनशक्ति व्यवस्थापन, सुरक्षा उपकरणको प्रयोग र गुणस्तरीय उत्पादनमा ध्यान दिन सुझाव दिए । उनले प्रदेश सरकारद्वारा सञ्चालनमा रहेका सीप विकास कार्यक्रम र रोजगार प्रवद्र्धन नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न उद्योगसँग सहकार्य गरिने बताए । 

अनुगमनपछि मन्त्री थापाले प्रदेशका अन्य औद्योगिक क्षेत्रहरूको समेत स्थलगत निरीक्षण गर्ने जानकारी दिएका छन् । 

यो समाचारमा

काठमाडौँबुढानीलकण्ठ  नगरपालिकाबागमती प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...